८ वैशाख २०८१ शनिबार
अर्थ

भक्तपुरका अधिकांश मिठाई पसल फोहर

भक्तपुर – भक्तपुर नगरपालिका क्षेत्रभित्रका अधिकांश मिठार्ई पसल फोहर रहेको पाइएका छन्। नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा जिल्लाका जगाती, च्याम्हासिंहमा क्षेत्रमा रहेका मिठार्ई पसलमा अनुगमन गर्दा यस्तो भेटिएको हो।

पोलारी मिटरले तेल जाच गर्दा २४ भन्दा बढी देखाए त्यो तेल उपयोग र उपभोग गर्न नमिल्ने साथै पाँच किलोग्राम मिठार्ईमा एक ग्राममात्र खाद्य कलर हाल्नु पर्नेमा धेरै मिठार्ई पसलमा मिठार्ई पकाउने तेल पोलारी मिटरमा जाच गर्दा रानसिड (एसिड) बढी भई गुणस्तरहीन भएको पाइएको छ।

रंग बढी राखेर पकाउने गरेकाले अधिकांश पसलमा तेल र रंग भएको मिठार्ई, बासी र म्याद नाघेका सामग्री ठूलो मात्रामा जफत गरी नष्ट गरिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए। रंग बढी राखी मिठार्ई पकाउने साथै तेल धेरै पकाई रानसिड (एसिड) बढी भई गुणस्तरहीन भएको तेलमा पकाएको मिठार्ई बेचबिखन गरेमा पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसमेत जरिवाना हुने खाद्य अनुसंधान अधिकृत सन्तोष ढकालले बताए।

अनुगमनमा श्री जगती मिठार्ई भण्डारमा पसल नवीकरण गर्नुपर्ने, पसल र भान्छा फोहर देखिएकाले सरसफाइमा ध्यान दिनुपर्ने, पुरानो र बासी सामान नराख्न र बिक्री वितरण नगर्न, कामदारलाई एप्रोन प्रयोग गर्न, आफूले उत्पादन गरेको प्याकेजी मिठार्ई सामानमा लेबल राख्न र मिठार्ईमा कलर बढी भएको र पोलार मिटरले तेल जाच गर्दा बिग्रेको तेल पाँच लिटर नष्ट गरेको थियो।

त्यस्तै अनुगमन टोलीले जगाती मिठार्ई भण्डारमा कलर बढी भएको मिन्की मिठार्ई दुई किलोग्राम र पोलार मिटरले तेल जाच गर्दा बिग्रेको तेल सात लिटर नष्ट गरेको थियो भने ढक तराजु नापतौल विभागमा नवीकरण गर्नुपर्ने, पसल पनि दर्ता नवीकरण गर्न, पसल र भान्छा सरसफाई गर्नुपर्ने साथै पसल व्यवस्थित गर्नुपर्ने, कामदारलाई एप्रोन प्रयोग गर्न लगाउनुपर्ने निर्देशन दिएको छ।

त्यस्तै जगाती मिठार्ई पसलमा म्याद नाघेको सामान ड्यू ६ सय मिमीको तीनवटा, मिरिन्डा ६०० मि.मि.को ५ वटा, स्लाइस जुस सानो एक वटा, मान्गो जुस सानो एक वटा, उत्सब लिचि जुस फोहर र किरा देखिएकोले १२ वटा पसलमा नै नष्ट गरियो। पसलमा फोहर देखिएकोले सरसफाई गर्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, कामदारलाई एप्रोन प्रयोग गर्न निर्देशन दियो। त्यस्तै नवदुर्गा एण्ड चाट हाउस मिठार्ई पसलमा पसल नविकरण गर्न, भान्छामा सरसफाई गर्न, कामदारलाई एप्रोन प्रयोग गर्न, उत्पादन गरेको गुडपाकलगायत मिठार्ईमा लेबल राख्न र रंग बढी भएको मिन्कि ५ वटा नष्ट गरियो।

त्यस्तै लक्ष्मी स्विट्स एण्ड प्यालेसमा भान्छामा सरसफाई गर्न, उत्पादन गरेको गुडपाक लगायत मिठार्ईमा लेबल राख्न, पसलमा पसल नविकरण गर्न, कामदारलाई एप्रोन प्रयोग गर्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्नुपर्ने र पोलार मिटरले तेल जाच गर्दा बिग्रेको तेल ५ लिटर नष्ट गरेको थियो। न्यु लासिवा मिठार्ई भण्डारमा भान्छा एकदम फोहर देखिएकोले सरसफाईमा विशेष ध्यान दिन, बासी जेरी ३ किलोग्राम, सेल बनाउन मुछिएको पिठो २ किलोग्राम र पोलार मिटरले तेल जाच गर्दा बिग्रेको तेल ३ लिटर नष्ट गरेको थियो। पटक पटक अनुगमन गर्दा पनि सुझाब अनुसार सुधार नभएकोले तराजु एक थान जफत गरी नगरपालिकामा कार्यवाहीको लागि हाजिर हुन निर्देशन दियो।दिनेश लाछिमस्युको मिठार्ई पसल दर्ता गर्न, सरसफाईमा ध्यान दिन, मिठार्ईमा बढी कलर प्रयोग नगर्न र पोलार मिटरले तेल जाच गर्दा बिग्रेको तेल ४ लिटर नष्ट गरेको थियो।  

अनुगमनमा अनुगमन समितिका सदस्यहरु ६ नं वडाका वडाध्यक्ष हरिराम सुवाल, भनपा श्यानिटेशका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत सान्तोष ढकाल, खाद्य निरिक्षक कौसल ओझा, खाद्य निरिक्षक नवराज आर्चाय, भक्तपुर स्वास्थ्य कार्यालयका ल्याव टेक्निकल योगिता खनाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी प्ररिसरका राजबहादुर डगौरा र उद्योग बाणिज्य संघका संजय जोन्छे सहभागी सहभागी रहेको थियो।

प्रकाशित: ३० आश्विन २०७६ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App