७ वैशाख २०८१ शुक्रबार
अर्थ

चिनियाँ ओखरको आयात बढ्यो

रसुवा – नेपालमा पछिल्लो समय चिनियाँ ओखरको आयात बढ्दै गएको छ। नेपालमा ओखर उत्पादन बढ्न नसक्दा चीनबाट आयात हुने क्रम बढ्दै गएको हो।

नेपालमा तिहारको समयमा ओखरको खपत बढी हुन्छ। चीनबाट दुई किसिमका ओखर आउने गरेको छ। रसुवागढी भन्सार कार्यालयका अनुसार चीनबाट नेपालमा छोडाएको ओखर बढी मात्रामा आउने गरेको छ।

चालु आर्थिक वर्ष ०७६/७७ को साउनदेखि यही असोज २७ गतेसम्ममा दुई लाख ४९ हजार दुई सय ४१ केजी ओखर आयात भइसकेको छ। जसमा दुई लाख ११ हजार आठ सय १५ केजी छोडाएको र ३७ हजार चार सय २६ केजी नछोडाएको ओखर आयात भएको छ। यो अवधिमा रसुवागढी नाकाबाट सात करोड आठ लाख ८० हजार तीनसय ३३ रुपैयाँ बराबरको ओखर आएको हो।

गत आवको यही अवधिमा एक लाख २२ हजार तीन सय ८२ केजी ओखर आयात भएको कार्यालयको तथ्यांक छ। उक्त समयमा ८१ हजार आठ सय २२ केजी छोडाएको र ४० हजार पाँच सय ५० केजी नछोडाएको ओखर आयात भएको थियो। जसको मूल्य दुई करोड ४९ लाख चार हजार १८ रहेको छ।

आव ०७४/७५ मा एक करोड ४९ लाख ६७ हजार दुई सय ३९ रुपैयाँ मूल्य बराबरको एक लाख दुई हजार चार सय ९० केजी ओखर आयात भएको कार्यालयले जनाएको छ। जसमा छोडाएको ८९ हजार चार सय ९० र नछोडाएको १३ हजार रहेको थियो।

त्यसैगरी आव ०७५/७६ मा तीन लाख ९९ हजार एक सय ३७ केजी ओखर आयात भएको देखिन्छ। नौ करोड चार लाख ७१ हजार आठ सय १६ रुपैयाँ मूल्य बराबरको ओखर आयात भएकामा छोडाएको नै बढी छ। दुई लाख ४३ हजार दुई सय ३१ केजी नछोडाएको र एक लाख ५५ हजार नौ सय ६ केजी नछोडाएको ओखर आयात भएको थियो।

नेपालमा व्यावसायिक रूपमा ओखरको खेती नभएको र माग बढ्दै जाँदा आयात पनि निरन्तर बढ्दै गएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए। नेपालमा उत्पादन हुने हाँडे ओखरभन्दा फुटाउन सजिलो र स्वादिलो पनि भएका कारण माग बढ्दै गएको हो।

प्रकाशित: ३० आश्विन २०७६ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App