८ वैशाख २०८१ शनिबार
कला

पपेट थिएटर कार्यशाला सुरु

काठमाडौं – कीर्तिपुर राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा पपेट थिएटर कार्यशाला सुरु भएको छ। जापानको उटरभिजन पर्फमेन्स कम्पनीसँगको सहकार्यमा थिएटर मलले थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कूल र आसितेज नेपालको साथमा कार्यशाला आयोजना भइरहेको हो।

पपेट थिएटरका निर्देशक इरिना सजीको संयोजकत्वमा सञ्चालन भइरहेको कार्यशालामा एरी तोमोई, इजावा रेई र मियामोतोले विभिन्न विषयमा प्रशिक्षण दिइरहेका छन्। ११ दिनसम्म सञ्चालन हुने ८० घण्टको सो कार्यशालामा १५ नेपाली रंगकर्मी र १० स्कुले बालबालिकाहरू सहभागी भइरहेका छन्। उनीहरुले कार्यशालामा पपेट थिएटरको इतिहास, विभिन्न देशमा प्रचलित पपेट थिएटर तथा पपेट थिएटरको समुदायसँगको सम्बन्धबारे जानकारी राख्नेछन्। साथै पपेट निर्माण गर्न, पपेटलाई सुव्यवस्थित चलाउन, त्यसबाट कथा भन्न र थिएटर प्रस्तुति निर्माण गर्न कार्यशालामा सहभागीले अभ्यास गर्नेछन्।

दशैं र तिहारको बीचमा काठमाडौंका नाटकघरहरु लगभग विदामा हुने समयमा यो पटक थिएटर मलमा कार्यशाला राखिएको थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले बताए। उनले भने, ‘नेपालमा पपेट थिएटरको प्रचलन छैन्। हामीले थिएटरको एउटा विधा पपेटलाई थिएटरमा ल्याउने प्रयास गरेका हौं।’

सहभागीहरुले कार्यशालाको अन्तिम दिन पपेट थिएटर सो गर्नेछन्। त्यसको लागि अहिले समूहमा कथा छनौटको प्रक्रियासमेत भइरहेको छ। कार्यशालामा सहभागी बालबालिका र रंगकर्मीहरूले छुट्टाछुट्टै पपेट प्रस्तुति दिनेछन्। कार्यशालको फाइनल सो आगामी कात्तिक ७ मा हुनेछ।

प्रकाशित: ३० आश्विन २०७६ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App