८ वैशाख २०८१ शनिबार
समाज

एक वर्षमा पनि बनेन डेढ किलोमिटर सडक

काठमाडौं- काठमाडौं महानगरपालिका वडा ४ स्थित कपन सरस्वतीनगरबासी घरछेउकै सडकको अवस्थादेखि आजित छन्। नहुन पनि कसरी? माघदेखि सडक प्रयोग गर्न पाएका छैनन् उनीहरुले। सास्ती उसैगरी खेपिरहेका छन्, हिलो, धुलो र दुर्गन्धको।

घरछेउको सडक कहिलेबाट प्रयोग गर्न पाउने हुन उनीहरुले सम्बन्धित नियकासँगै उत्तर छैन्। माघमा सडक डिभिजन कार्यालय १ ले सडक विस्तार शुरु गरेदेखि उनीहरुका सास्ती सुरु भएका हुन्। डिभिजनसँगै उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनलयले पाईप विछ्याउने कार्य सुरु गरेका थियो।

विड्म्बना निर्देशनलयले गोपीकृष्णानगरदेखि भृकृटीचोकसम्मको १.५ किलोमिटर सडक खण्डमा पाईप विछ्याउन थालेको ११ महिना पुग्दा समेत सम्पन्न गर्न सकेको छैन्।

सडकमा कतै माटोको थुप्रो छ। कतै ठूला ठूला खाल्डा छन्। कतै दबदबे हिलो छ। कतै नाकै फुटाउने गरी गन्हाउने छिपछिप ढलको पानी  छ। कतै मेसिन लगाएर पाइप विछ्याउन काम भइरहेको छ। पाइप विछ्याइरहेको ठाउँमा त पैदल हिड्न सक्ने अवस्था समेत छैन्। शनिवार नागरिककर्मी सरस्वतीनगर पुग्दा काम गरिरहेको ठाउँमा पैदल हिड्न सक्ने अवस्था थिएन्। दुबैतिर हिलो माटो थुपारेर हिड्ने ठाँउ देखिएन्। हिलो माटोले घरका पेटी समेत पुरा ढाकेको थियो भने ढलका पाइप फुटाइएर निकालेको ढलको दुर्गन्ध उसैगरी थियो।

यो अवस्था कसरी आयो? सोझै अनुमान गर्न सकिन्छ निर्देशानलयको लाहपरार्वहीले। 'निर्देशानलयको कतिसम्म लाहपरार्वही छ तपाइ आफैं विचार गर्नुस्,' स्थानीय नर्वदा पोखरेल नागरिकसँग आक्रोस पोखिन्, 'एक वर्षदेखि डेढ किलोमिटर सडकमा पाइप विछ्याउन सकेको छैन्।' उनका अनुसार २ दिन काम गर्ने र १०/१५ दिन हराउने। फेरि आउने बाटो विग्राने काम भइरहेको छ। नियमित काम गरेर चाँडो काम नसकाउँदा स्थानीयले सास्ती भोग्नु परेको पोखरेलले भनाइ राखिन्।

कपनवासीले मागदेखि बैकल्पिक सडक प्रयोग गर्दै आइरहेका छन्। भृकृटीचोकदेखि एक किलोमिटर तल घुमेर धोवीखोला करिडोर प्रयोग गर्नु बाध्यता छ। करिडोर निर्माणधिन अवस्थामा रहेकाले अवस्था झनै नाजुक छ। बैकल्पिक मार्ग मांकल चुच्चेपाटीको सडकखण्ड समेत व्यवस्थित छैन्। स्थानीयले गुनासो लिएर पटक पटक सम्बन्धित कार्यलयमा समेत पुगेका थिए। साउनमा सम्बन्धित कार्यालयका प्रमुख र क्षेत्र नं. ४ का सांसद् गगन थापा समेतको उपस्थितमा सडकको कार्य चाँडो सकाउने निर्देशन दिइएको थियो।

पाइप विछ्याउने काम कहिले सकिन्छ भनेर निर्देशनालयलाइ सोध्दा अबको एक दुई हप्तामै सकाउने उत्तर आयो। यद्यपी असारमा नागरिकसँग कुरा गर्दै निर्देशनलयका आयोजना प्रमुख तिरेश प्रसाद खत्रीले यही  एक दुइ हप्तामा काम सकाउँछौं भन्ने उत्तर नै दिएका थिए। 'हामीले अहिले उपत्यकाका १६ ठाउँमा काम गरिरहेका छौं,' आयोजना प्रमुख खत्रीले भने, 'उक्त ठाउँमा भने काममा ढिलासुस्ती भएको हामीले पनि महसुस गरेका छौं। बीचबीचमा रोक्नुपरेकाले ढिला भएको हो।' उनले थपे, 'अबको केही हप्ताभित्रै त्यहाँ पाइप विछ्याउने काम सकाउनेछौं।' भौतिक संरचनाको कारण सोचेअनुरुप काम गर्न नसकिएको खत्रीको भनाई छ। निर्देशनलयका सिनियर डिभिजन इन्जिनियर हरि पाण्डेका अनुसार डिभिजनले हालेको ढलभन्दा तल जानुपर्ने हुँदा गहिरो खन्नपर्ने र ढलको पाईपलाई पनि निकाल्न परेकाले डब्बल काम परिरहेको छ। यसले गर्दा पनि ढिला भएको र अब भने अन्तिम चरणमा पुगेकाले काम चाँडै सकिने विश्वस्त उनले गरे।

प्रकाशित: १४ मंसिर २०७३ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App