७ वैशाख २०८१ शुक्रबार
राजनीति

पदको गरिमा राखेर बोल्न मुख्यमन्त्रीलाई नगर प्रमुखको चेतावनी

पत्रकार सम्मेलनमा बोल्दै महागढीमाई नगरपालिका प्रमुख यादव र उनको छेउमा रहेकी उपप्रमुख तारा देवालगायत । तस्बिरः नागरिक

बारा- महागढीमाई नगरपालिका बरियारपुरका प्रमुख उपेन्द्रप्रसाद यादवले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पदको गरिमालाई ध्यानमा राखेर बोल्न चेतावनी दिएका छन्। मुख्यमन्त्री र प्रदेशका मन्त्री जितेन्द्र सोनले केही दिन पहिला महागढिमाई नगरपालिका–१ बरियारमा रहेको गढीमाई मेलाको व्यवस्थापन तथा रेखदेख गर्ने अधिकार महागढीमाई नगरपालिकालाई नभएको र मेला हेर्ने अधिकार गढीमाई सञ्चालन तथा विकास समितिलाई मात्रै भएको भन्दै दिएको अभिव्यक्तिको बिरोधमा बुधबार पत्रकार सम्मेलन गरि नगर प्रमुख यादवले मुख्यमन्त्री र प्रदेश मन्त्रीहरुलाई स्थानीय तहको काम,कर्तव्य र अधिकारको बारेमा पढेर बोल्न सुझाव दिएका हुन्।

स्थानीय स्वायत शासन नियवमाली २०७४ मा स्थानीय तह अन्तर्गत रहेको मठ, मन्दिर, धर्म, जात्रा, पर्व र संस्कृतिको संरक्षण तथा नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई दिए पनि प्रदेशको मुख्यमन्त्री, गद्दी र मन्त्री सोनलले सार्वजनिक कार्यक्रममा स्थानीय तहले गर्ने कार्यको विरोध गरि पदिय मर्यादा गिराउने कार्य गरेको आरोप यादवले पत्रकार सम्मेलनमा लगाए।

मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरुले संघ, प्रदेश र स्थानीय गरि तीन तहको सरकारले गर्ने कामहरुको बारेमा अध्ययन नै नगरि जथाभावी बोल्दै जनताहरुमा भ्रम सृजना हुने अवस्थासमेत रहेको  र यसले प्रदेश सरकारको छविलाई नै खराब बनाएको यादवले बताए।

पञ्चवर्षिय गढीमाई मेलालाई प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत र प्रदेश मन्त्री सोनलले भाँडभैलो गर्न खोजेको र यो कार्यलाई हिन्दु धर्मप्रति आस्था राख्ने श्रद्धालुहरुले सहन नसकिने अवस्था समेत रहेको उनले बताए।

मुख्यमन्त्रीले कुनै देशी विदेशी शक्तिसँग परिचालन भई गढीमाई मेलालाई विवादित बनाएर मेलालाई समाप्त पार्न खोजेको र यस कार्यको नगरपालिकाले कानुनी दायरामा रहेर विरोध गर्ने यादवले बताए।

एनजिओको साधारणसभामा आएर विधानको व्याख्या गर्ने तर एक पटक पनि संविधानको बारेमा आवाज नउठाउनुले संविधानलाई मुख्यमन्त्रीले स्विकार्य नगरेको जस्तो देखिएको आरोप यादवे लगाए।

‘मुख्यमन्त्री ज्युलाई थाहा हुनु पर्ने हो कि गढिमाई सञ्चालन तथा विकास समिति ट्रष्ट नभई जिल्ला प्रशासनमा दर्ता भएको एउटा समिति मात्रै हो,’ पत्रकार सम्मेलनमा नगर प्रमुख यादवले भने, ‘समितिलाई मेला लगाउने, कर उठाउने, बाटोघाटोको निर्माण गर्ने जस्तो अधिकार संबिधारको कुन धारामा उल्लेख गरिएको छ, मुख्य मन्त्रीले  त्यो प्रष्ट पार्नु पर्छ।’

स्थानीय सरकारलाई काम गर्न नदिने, ऐन नियमको अधिनमा रहेको सिडिओ र एसपीले गढिमाई सञ्चालन तथा विकास समितिलाई सहयोग नगरे कारवाही गर्ने सार्वजनिक कार्यक्रममा बोल्नु पदिय मर्यादा बिपरित भएको यादवले बताए।

स्थानीय सरकारलाई नीति निर्देशन दिनुको सट्टा मुख्यमन्त्रीले एउटा एनजीओलाई बोकेर हिंडेकोमा सम्मेलनमा नगर प्रमुख यादवले आपती जनाउँदै मुख्यमन्त्रीले स्थानीय सरकारको अस्तित्व स्वीकार नगरी प्रदेशमा अराजकता मच्चाएको आरोप यादवले लगाए।

स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाले गढीमाई मेला सञ्चालन गर्न लागिएको र नगरपालिकाले कुनै गैरकानुनी कार्य गरेको भए मुख्यमन्त्रीले कानुनी दायरामा रहेर कानुनी उपचार खोज्नुको साटो मेलाको बहानामा मधेसीहरुलाई जुधाउन खोज्नु भएको आरोप यादवले लगाए।

गढीमाईको मन्दिर रहेको वडा नम्बर–१ को वडा अध्यक्षको अध्यक्षतामा गढिमाई पञ्चवर्षिय मुला मुल समिति गढिमाई नगरपालिकाले बनाएपछि गढीमाई सञ्चालन तथा विकास समितिका पदाधिकारीहरुले मेला नगरपालिकाले नभएर समितिले लगाउन माग गर्दै आएको र समितिलाई प्रदेश सरकराको मुख्यमन्त्री र मन्त्रीहरुले सहयोग गरेका छन्।

विरोधमा मंसिर १ गतेदेखि एक महिना लाग्ने पञ्च वर्षीय गढीमाईको मेला ६० लाख श्रद्धालु आउने अनुमान गरिएको र मेलालाई व्यवस्थित गर्न महागढीमाई नगरपालिका दुई महिला पहिलादेखि नै सक्रिय बनेको बताइएको छ।

प्रकाशित: २९ आश्विन २०७६ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App