coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित ५ पक्राउ

काठमाडौं– नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मिर्गाैला किनबेचको आरोपमा ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानसहित ५ जनालाई पक्राउ गरेको छ। 

ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाका अनुसार नक्कली व्यक्ति देखाएर मिर्गाैला प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सिइओ प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मृगौला ग्रहण गर्ने शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरिएको हो। 

अस्पतालले एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला क्रिकी किनबेच तथा प्रत्यारोपण गराएको देखिएको ब्यूरो जनाएको छ। 

आरोपीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअन्तर्गत अनुसन्धान तथा कारवाही सुरु गरिएको प्रवक्ता थपलियाले बताए।

प्रकाशित: २९ आश्विन २०७६ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App