७ वैशाख २०८१ शुक्रबार
अर्थ

सडक विस्तारको सूचनाले व्यापारीहरू चिन्तित

वीरगञ्ज– पथलैयास्थित व्यापारी मार्ग विस्तार गुरुयोजना कार्यालयले त्रिभुवन राजपथ फराकिलो पार्ने योजना अघि सारे पछि व्यापारीहरु चिन्तित हुन थालेका छ।

कार्यालयले गण्डकदेखि वीरगञ्ज भन्सार विन्दुसम्म सडकको मध्यभागबाट दायाँबायाँ २५–२५ मिटर सडक फराकिलो पार्ने अन्तिम सूचना जारी गरेपछि व्यवसायिक भवन हट्ने डरले उनीहरु चिन्तित बनेका हुन्। छठपछि राजपथ विस्तार गर्ने कार्यालयको योजना छ।

त्रिभुवन राजपथको गण्डकदेखि भन्सार विन्दुसम्म सडक फराकिलो गर्दा वीरगञ्जको मुख्य बजार घण्टाघर, माईस्थान, आदर्शनगर, विर्तादेखि भन्सारसम्म करीब एक हजारभन्दा बढी घरहरु भत्किने भएका छन्। सो सरकारी अभियानलाई निरत्नरता दिने वा रोक्नेबारे अहिले वीरगञ्ज बासिबीच बहसको विषय भएको छ।

यसै विषयमा आज वीरगञ्ज युवा तथा व्यापारिक सडकपीडित संघर्ष समितिले पत्रकार समेलन  गरी आफू विकास विरोधी नभएको तर बाइपासलगायत वैकल्पिक सडक हुँदाहुँदै वीरगञ्जको मुख्य सडकलाई फराकिलो पारी घरहरु भत्काएमा वीरगञ्ज खण्डहर हुने चिन्ता व्यक्त गरेका छन्।

सो समितिले  सडकसँग सम्बन्धित मुद्दा सर्वोच अदालतमा विचाराधिन अवस्थामा रहेको र  वर्तमान संविधानले घर भत्काएमा क्षतिपूर्ति दिने व्यवस्था गरेकाले सडक अतिक्रमण नगरी लालपूर्जा लिएर बसोबास गरेकोको हकमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएको छ। 

संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारले राजपथ विस्तार गर्दा सरकार सचेत  नभए आन्दोलनमा जाने चेतावनी दिएका थिए।

व्यापारिक मार्ग विस्तार परियोजनाले छठपर्वपछि प्रहरी प्रशासनको सहयोगमा गण्डकदेखि वीरगञ्जको मुख्य सडक हुँदै भन्सार विन्दुसम्म रहेको त्रिभुवन राजपथको सडक फराकिलो पार्ने काम शुरु हुने परियोजनाका इञ्जिनीयर अशोककुमार यादवले बताए। रासस

प्रकाशित: २९ आश्विन २०७६ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App