७ वैशाख २०८१ शुक्रबार
अर्थ

इलाममा केशरखेतीको परीक्षण सफल

फिक्कल– प्रतिकिलो दश लाख पर्ने उच्च मूल्यको जडीबुटी केशरको व्यावसायिक उत्पादन इलाममा शुरु गरिएको छ।

जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले इलामको माइजोगमाई गाउँ पालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिकरुपमा केशरको खेती शुरु गरेको हो। 

भारतको कास्मिरबाट दुई मन केशरको बीउ ल्याएर थुम्के र जौबारीमा लगाइएको थियो। थोरै मात्रामा हिऊँ पर्ने र तुसारो पर्ने ठाउँमा यसको खेती गर्न सकिने बताइएको छ।

सामुन्द्रिक सतहदेखि एक हजार ५०० देखि दुई हजार ५०० मिटको उचाइ केशरखेतीका लागि उपयुक्त मानिन्छ। परीक्षणका क्रममा गुणस्तरीय केशर उत्पादन भएको संस्थाले जनाएको छ।

संस्थाका केशरखेती प्रवद्र्धक हरि कटवालका अनुसार कति उत्दपादन यस वर्ष हुन्छ भन्नेमा पनि अन्योल छ।

पहिलो वर्ष भएकाले पनि परीक्षणका रुपमा लगाइएको उनले बए। पहिलो वर्षमा नै उत्साहजनक रुपमा यसको खेती फष्टाएको पनि उनले बताए। 

केशर उत्पादनका लागि धेरै फूलको आवश्यक्ता पर्दछ। फूलभित्रको रातो लुर्का सङ्कलन गरी सुकाएर बिक्री गर्ने गरिन्छ। करीब डेढ लाख सुगन्धित फूलबाट मात्र एक किलो केशर प्राप्त हुने सांसद टुण्डु शेर्पाले बताए। 

अङ्ग्रेजीमा स्याफरोन भनेर चिनीने केशरखेती युरोपबाट शुरु भए पनि नेपालका केही भूभागमा यसको व्यावसायिक खेती शुरु भएको छ। केशरलाई नसा बलियो बनाउने, मुटु कलेजोको उपचारमा प्रयोग गरिने बताइन्छ। औषधीय गुण भएको केशर मसलाको रुपमा समेत प्रयोग गरिन्छ। 

यस खेतीले गाउँपालिकामा उत्साह बढाएको गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले बताए। महँगो खेती भएकाले पनि यस खेतीले पर्यटन प्रवद्र्धनसँगै समृद्धितर्फ अगाडि बढाउने उनले बताए। अहिले यस खेती हेर्नका लागि धेरै पर्यटक जाने गरेका छन्। रासस

प्रकाशित: २९ आश्विन २०७६ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App