८ वैशाख २०८१ शनिबार
समाज

बेलायतमा भएको सैन्य तालिममा नेपाली सेनालाई स्वर्ण

काठमाडौं-  बेलायतमा भएको सैन्य तालिममा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको छ। बेलायतको वेल्स, ब्रेकनमा असोज २४ गतेदेखि सुरु भएको तालिममा सेनाबाट प्रमुख सेनानी अशिम देव गुरुङ्गको नेतृत्वमा १० जनाको टोली सहभागि भएको थियो।

उक्त तालिम युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सञ्चालन गर्ने गरिन्छ। विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन हुने गर्छ।

अत्यन्त कठिन भौगोलिक ईलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित लगभग ५० किलोमिटर दूरी पार गर्न पर्छ। त्यो क्रममा सहभागी टोलीको लडाईको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाईते–बिरामीको ब्यवस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका अनेकन दक्षताहरूको परीक्षण  गरिन्छ।

उक्त अभ्यासमा बेलायती फौजका १ सय ६ र नेपाल समेत अन्य ३४ देशका गरि कूल १ सय ४० जना सहभागि थिए।

 

प्रकाशित: २९ आश्विन २०७६ ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App