coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

तीन दलका शीर्षसँग राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका विषयमा भइरहेका प्रगतिबारे प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेकी छन्। राष्ट्रपति भवन शीतल निवासमा सोमबार साँझ राष्ट्रपतिले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरिन्।

तीन घन्टाभन्दा लामो छलफलमा राष्ट्रपति भण्डारीले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई मिलेर संविधान कार्यान्वयनमा जुट्न आग्रह गरेकी छन्। सरकारले संविधान संश्ाोधन प्रक्रिया अघि बढाउन लागेको र त्यसलाई लिएर विभिन्न क्षेत्रमा आन्दोलन भइरहेको प्रति चासो व्यक्त गर्दै राष्ट्रपतिले संविधान जारी गर्ने काममा जस्तै कार्यान्वयनमा पनि प्रमुख दल मिलेर अघि बढ्न आग्रह गरिन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपतिले छलफल गरेको जानकारी दिए। 'मिलेरै संविधान कार्यान्वयनमा लाग्न र छिटो चुनाव जुट्न आग्रह गर्नुभयो,' अधिकारीले भने।

नेताहरुले संविधान कार्यान्वयनको अहिलेको अवस्थाका साथै संविधानप्रति असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउन सरकारले गर्न लागेको संश्ाोधन प्रक्रियाका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।

प्रकाशित: १४ मंसिर २०७३ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App