७ वैशाख २०८१ शुक्रबार
समाज

आफ्नै रगत दिएर बिरामी बचाउने डाक्टर सम्मानित

सम्मान लिँदै डाक्टर । तस्बिरः नागरिक

रोल्पा– रोल्पा उद्योग वाणिज्य संघले लामो समयदेखि जिल्ला अस्पतालमा कार्यरत दुई जना डाक्टरलाई सम्मान गरेको छ। १६ औं साधारणसभाको अवसर पारेर उद्योग वाणिज्य संघले उक्त सम्मान गरेको हो। उद्योग वाणिज्य महासंघका पुर्वकेन्द्रिय अध्यक्ष चण्डीराज ढकालले डाक्टरद्धय डा. प्रकाश बुढा र डा. अनिल केसीलाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका थिए। 
जिल्ला अस्पतालमा सुरु भएको जटिल अवस्थाको आपतकालीन प्रसुती अप्रेशनमा अनवरत सफल सेवा पु-याएको भन्दै चिकित्सकलाई कदर गरिएको हो। ‘उहाँहरुले जटिल अवस्थाको प्रसुती अप्रेशन मात्रै नगरेर कतिपय अवस्थामा अप्रेशन गरिएका विरामीलाई आफ्नै रगत दिएर ज्यान बचाउनु भएको छ।’

संघका अध्यक्ष विश्वकुमार चन्दले भने ‘चौबिसै घण्टा अस्पतालमा भेटिने उहाँहरुले आजसम्म निजि क्लिनिकमा बिरामी हेर्न गएको पाईदैन्। रोल्पालीको सेवामा कार्यरत कर्मचारीलाई सम्मान गर्न पाउँदा खुशी लागेको छ।’

स्थानीय सरकार तथा अन्य सरकारी तवरबाट दण्ड र पुरस्कारको व्यवस्था गर्न नसकेको/नचाहेको समयमा उद्योग वाणिज्य संघले राष्ट्रसेवकलाई सम्मानको सुरुवात गर्नुले कर्मचारीमा हौसला वृद्धि हुने विश्वास बढेको छ। सम्मान पाएका चिकित्सकद्धयले आफुहरुलाई थप हौसला र जिम्मेवारी बढेको बताए।

विभिन्न भौतिक असुविधाका बिचमा रहेर सेवा प्रवाह गरिरहेका डाक्टरहरुको हौसलाका लागि सम्मान गरिए जस्तै सरकारी तवरबाट अस्पतालमा आवस्यक साधनको पनि व्यवस्था गर्नु पर्ने देखिएको छ।

प्रकाशित: २९ आश्विन २०७६ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App