coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सेनाले बनायो रात्री अवतरण हेलिप्याड

नेपाली सेनाको बर्दबहादुर गणले बनाएको रात्रीकालिन अवतरण गर्न मिल्ने हेलिप्याड । तस्विरः अनिल/नागरिक

सिन्धुली- नेपाली सेनाले सिन्धुलीमा रात्री अवतरण हेलिप्याड बनाएको छ। नेपाली सेनाको बर्दबहादुर गणले कमलामाई नगरपालिकास्थित नेपाली सेनाकै ९ नं. बाहिनि अड्डा माझीटारभित्र रात्रि अवतरण हेलिप्याड बनाएर हस्तान्तरण गरेको हो।

नेपाली सेनाको सिन्धुलीस्थित बर्दबहादुर गणको पहल र परिश्रममा कमलामाई नगरपालिकाको ६ लाख पचास हजार सहयोगमा उक्त हेलिप्याड बनेको नेपाली सेनाको बर्दबहादुर गणका गणपति राजिब थापाले जानकारी दिए। रात्रिकालिन हेलिप्याडको बुधबार उक औपचारिक कार्यक्रममार्फत नेपाली सेनाका उपरथी तथा पृतनापति ताराध्वाज पाण्डेले उद्घाटन गरेका थिए।

नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने कार्यअनुरुप बर्दबहादुर गणले पहलकदमी लिई कमलामाई नगरपालिकासँगको समन्वयमा बनाईको नेपाली सेनाले जनाएको छ। गणका गणपति थापाका अनुसार कमलामाई नगरपालिकासँगको समन्वयमा भु वनावट सुगमता एवम् सर्वसाधारणको सहज पहुच र सर्वसाधारणको सुरक्षालाई समेतलाई मध्यनजर राखि  रात्रि अवतरण हेलिप्याड श्री नं. ९ बाहिनी अड्डामा बनाईको हो। हेलिप्याड जंङगी अड्डाले तोकेको आकार परिकार र क्षमता अनुरुप भएको नेपाली सेनाले जनाएको छ।

हेलिप्याडले कुनैपनि आपद् विपद्मा सैनिक तथा गैह्र सैनिकलाई तत्काल उद्धार कार्यलाई सफल पार्न सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ। सेनाले बनाएको उक्त हेलिप्याड ३ नं. प्रदेशकै उदारणिय काम भएको नेपाली सेनाले विश्वास व्यक्त गरेको छ।

कुनै पनि विपद्मा जुनसुकै समयमा पनि हेलिकप्टरको अवतरण गराउनुपर्ने अवस्था आउन सक्ने भएकाले रात्रिकालिन हेलिप्याड आवश्यकता भएको र सोही अनुसार हेलिप्याड निर्माणमा सहयोग गरेको कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए। उनले हेलिप्याडको निर्माण पश्चात रात्रिको समयमा आपत विपद् पर्दा जुनसुकै व्यक्तिले पनि उक्त हेलिप्याड सहज प्रयोग गरि हेलिकप्टर अवतरण गराउन सक्ने बताए।

रात्रिकालिन हेलिप्याड निर्माणले सिन्धुली जिल्लाको विपद् व्यवस्थापनमा नयाँ आयाम थपिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाका सभापति असोक श्रेष्ठले बताए।

प्रकाशित: २९ आश्विन २०७६ ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App