८ वैशाख २०८१ शनिबार
समाज

सहसचिव र उपसचिवसहित विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं – सहसचिव र उपसचिवसहित विभिन्न पदका लागि दरखास्त आह्वान भएको छ ।

लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणीका लागि सहसचिव वा त्यो सरह एवं राजपत्राङ्कित द्धितीय श्रेणीका लागि उपसचिव वा त्यो सरह पदका लागि दरखास्त आह्वान गरेको हो ।

निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको लागि दरखास्त खुलेको छ । मंसिर ३ गतेसम्म आयोगका कार्यलयहरुमा दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो पहिलोपटक हो ।

प्रकाशित: २९ आश्विन २०७६ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App