काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको संगठन विभागलाई विस्तार गरेको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले विभागमा तीन जना सदस्य थप गर्दै विस्तार गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बैठकले संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरेको छ ।
यसअघि नै संगठन विभाग प्रमुखमा बामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मालाई सचिवालयले चयन गरिसकेको छ । पछिल्ला सदस्यसहित संगठन विभाग ५ सदस्यीय भएको छ । यद्यपि संगठन विभागले पुर्णता भने अझै पाएको छैन ।
प्रकाशित: २९ आश्विन २०७६ ०६:२० बुधबार