७ वैशाख २०८१ शुक्रबार
खेल

बुल्गेरिया फुटबलका प्रमुखद्वारा राजीनामा

सोफिया – बुल्गेरिया फुटबल संघका प्रमुख बोरिस्लाभ मिहाइलोभले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

सोमबार इङ्ल्यान्ड र बुल्गेरियाबीचको खेलमा रंगभेदी क्रियाकलाप भएपछि प्रमुख बोरिस्ताभले मंगलबार राजीनामा दिएका हुन्। सोमबार इङ्ल्यान्ड र बुल्गेरियबीच युरो कप २०२० को छनोट खेल सञ्चालन भइरहँदा रंगभेदी नारा रंगशालामा गुन्जिएको थियो।

उक्त खेलमा भ्रमणकारी टोली इङ्ल्यान्डले घरेलु टोली बुल्गेरियलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको थियो। समूह ‘ए’ को टोली इङ्ल्यान्ड र बुल्गेरियाबीच प्रतिस्पर्धा हुँदा बुल्गेरियाका समर्थकले दुई खेलाडीलाई लक्षित गर्दै रंगभेदी नारा लगाएका थिए।

प्रकाशित: २९ आश्विन २०७६ ०४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App