coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पशुपतिमा ६ लाख भक्तजनले शतबीज छरे

पशुपति क्षेत्र। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- बाला चर्तुदशीको अवसरमा ६ लाख भक्तजनले दीप बालेर पशुपतिमा शतबीज छरेका छन्। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.गोविन्द टण्डनका अनुसार पशुपति क्षेत्रस्थित मृगस्थलीमा मृतकका आफन्तले आत्माको चिरशान्तिका लागि आइतबार बेलुका दीप प्रज्वलन गरी सोमबार विहान देखी शतबीज छरेर ६ लाख भक्तजनले बाला चतुर्दशी मनाएका छन्।

कोषका सदस्यसचिव डा. गोविन्द टण्डनका अनुसार मृतकका परिवार र आफन्तले आइतबार बेलुका दीप बालेर रातभर १ लाख भक्तजनले जाग्राम बसेका थिए । कोष र विभिन्न समाजिक संघसंस्थाहरुको सहयोगमा दर्शनार्थीहरुको लागि पशुपति क्षेत्रमा चारशिवालय, राममन्दिर प्राङगण, पशुपति मन्दिरको पश्चिममा रहेको खुल्ला ठाँउहरुमा टेन्ट लगाइएका थियौं, सचिव टण्डनले बताँउदैं भने केही भक्तजनले आफैं पाल लगाएर रातभरि जाग्रम गरेका थिए ।

पशुपति परिसरमा हिन्दुधर्म जागरण समिती, एकल महिला सेवा समिती गरि आधा दर्जन संघसंस्थाले र स्वंमसेवकले भक्तजनलाई निर्धारित क्षेत्रमा दीप बाल्न र शतबीज छर्न सहयोग गरेको सदस्य सचिव टण्डनले बताए ।

पशुपति क्षेत्रमा रहेको एकिकृत नेपाल प्रहरी कमाण्ड पोष्टका डिएसपी नवराज कार्कीका अनुसार १ हजार ३ सय सुरक्षाकर्मीको परिचालनमा दर्शनार्थीलाई दीप र शतबीज छर्नको लागि निश्चित स्थानमा साइनबोर्ड लगाएरको सहयोग गरेका छन् ।

शतबीज पशुपतिनाथ मन्दिर प्रांगणमा नछर्न र मृगस्थलीमा छर्न भक्तजनसँग अनुरोध गर्दै मन्दिर प्रांगणमा नछर्नको लागि सुरक्षाकर्मी तैनाथ रहेकोले भक्तजनलाई गतवर्ष भन्दा यसवर्ष राम्रो व्यवस्था रहेको सदस्यसचिव टण्डनले बताए।

उनका अनुसार आइतबार बेलुका पृथ्वी राजमार्गमा जाम रहेकोले दीप बाल्नको लागि राति १० वजेसम्म भक्तजनको निकै भिड रहेको थियो। टण्डनले भने, ‘सोमबार विहान देखी दिउँसो २ वजेसम्म मृगस्थली क्षेत्रमा धान, गहुँ, जौ, तिल, मकै, कागुनोको मिश्रीत गरी सात प्रकारको बीजलाई छरेर मृतकका परिवार र आफन्तले मृतकको चिरशान्तिको कामना गरेका थिए। ’

प्रकाशित: १३ मंसिर २०७३ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App