coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खातुनलाई समिमले कक्षा १२ सम्म पढाइदिने

काठमाडौं – एसिड आक्रमणबाट घाइते अवस्थामा रहेकी १४ वर्षिया मुस्कान खातुनलाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कक्षा १२ सम्म आफ्नै खर्चमा पढाइदिने भएका छन् । असोज २८ गते खातुनलाई भेट्न कीर्तिपुर अस्पताल पुगेका अन्सारीले खातुनका आमाबाबुकै अगाडि उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भदौ २० गते वीरगन्जमा एसिड आक्रमणमा परेकी खातुन अहिले उपचारार्थ कीर्तिपुर अस्पतालमा छिन् । खातुनको रोजाइअनुसारको ठाउँमा राखी उनले इच्छाएको विद्यालयमा पढाइदिने निर्णय गरेको अध्यक्ष अन्सारीले बताए । हाल खातुनको दुवै हातमा प्लास्टर गरिएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि पढाइ सुरु हुने अन्सारीले दाबी गरे ।
अन्सारीले खातुनको उपचार खर्च पनि सरकारले बेहोर्नुपर्ने र त्यसका लागि पटकपटक स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिरहेको बताए । ‘मैले मंगलबार पनि स्वास्थ्यमन्त्री उपेन्द्र यादवसमक्ष यस विषयको उठान गरेको हुँ,’ उनले भने, ‘खातुनको उपचारको खर्च सरकारले जिम्मा लिनुपर्छ र उक्त घटनामा संलग्न दोषीलाई कडा सजाय दिनुपर्छ ।’

प्रकाशित: २९ आश्विन २०७६ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App