coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भूकम्प र आगलगी पीडित भीमबहादुरलाई सहयोग जुट्दै

दोलखा- कटेरोमा आगो लागेर पुर्ननिर्माणका लागी सरकारले सहयोग गरेको पहिलो किस्ताको अनुदान रकम सहित सबै धनमाल जलेर बिचल्लीमा परेका दोलखा लापिलाङका भीम बहादुर कार्कीलाई सहयोग जुटेको छ।

नागरिक सहित बिभिन्न सञ्चारमाध्यममा भीमबहादुरको कथा प्रकाशन भएपछि कार्कीलाई बिभिन्न व्यक्तीहरुले सहयोग गरेका हुन्। ललितपुर भैसेपाटीकी सरिता न्यौपानेले कार्कीको नयाँ घर बनाउन २० हजार रुपैँया सहयोग गरेकी छिन्। उनलाई मनी ट्रान्सफर मार्फत न्यौपानेले सोमबार उक्त रकम पठाईदिएकी हुन्।

दोलखा मेलुङ गाउँका स्थानिय समेत रहेका व्यवसायी रामहरि श्रेष्ठले ११ हजार १ सय ११ रुपैँया रकम कार्कीको नयाँ घर बनाउन सोमबार हस्तान्तरण गरेका छन् । यस्तै जिल्ला प्रशासन कार्यालयले कार्कीलाई ५ हजार रुपैँया सहयोग दिएको छ । दोलखाका सांसदहरु क्षेत्र नं १ का पार्वत गुरुङ र २ का आनन्द पोखरेलले २५ सयका दरले ५ हजार रुपैँया कार्कीलाई सहयोग गरेका छन्।

चरिकोटका स्टेशनरी व्यवसायी नारायण बहादुर श्रेष्ठले आगोमा परेर जलेको कार्कीको ५० हजार रुपैयाँ सटहीका लागी नेपाल राष्ट्र बैंकमा लगिदिएका छन् । जलेको मध्ये नम्बर जोगिएको नोट सटहीका लागी प्रक्रिया चलिरहेको श्रेष्ठले जानकारी दिए ।

श्रीमती ३४ बर्ष अघि परलोक भएपछि एक्लै बस्दै आएका ७४ बर्षिया कार्कीको कटेरोमा गत कार्तिक १९ गते आगलागी हुँदा धनमाल जलेर नष्ट भएको थियो । रकम पाएपछि कार्कीले अब आफुले घर बनाउने बताए ।

प्रकाशित: १३ मंसिर २०७३ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App