६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

स्वतन्त्र उम्मेदवार सैयद ट्युनिसियाको राष्ट्रपतिमा निर्वाचित

ट्युनिस (एजेन्सी) – ट्युनिसियामा राष्ट्रपतिका लागि भएको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार काइस सैयद निर्वाचित भएका छन्। उनी खसेको मतको ७२.७१ प्रतिशत मत प्राप्त गरी विजय भएको ट्युनिसियाको निर्वाचन आयोग (आइएसआइई) लाई उद्धृत गरी अलजजिराले  मंगलबार जनाएको छ।

दोस्रो चरणको निर्वाचनमा राष्ट्रपतिमा सैयदले २७ लाख मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नाबिल कारौईले १० लाखको हाराहारीमा मत प्राप्त गरेका थिए। ‘ट्युनिसियाली जनताले विश्वलाई क्रान्तिको नयाँ परिभाषा दिएको छ,’ राष्ट्रपतिमा निर्वाचित भएको समाचार बाहिरिएपछि ६१ बर्षीय सैयदले भने, ‘जनताले मलाई दिएको विश्वासलाई भ्रष्टाचारविरूद्ध लड्न र विकेन्द्रीकरणलाई प्रोत्साहन गरी ट्युनिसियाको विकासमा लगाउने छु।’

सैयद कुनै दलसँग आवद्ध छैनन् र उनीसँग दलीय राजनीतिको अनुभव पनि छैन। यद्यपि उनको भ्रष्टाचारविरोधी नारालाई ट्युनिसियाली जनताले विश्वास गरेका छन्।

 

प्रकाशित: २९ आश्विन २०७६ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App