१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुग्यो

हागिबिस आँधीसँगै परेको पानीका कारण अबुकुमा नदीमा आएको बाढीले जलमग्न बनाएको फुकुसिमा प्रान्तको हवाई दृश्य। तस्बिर : एजेन्सी

टोकियो (एजेन्सी) – जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ। जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले मंगलबार दिएको जानकारीअनुसार मृत्यु हुनेको संख्या ६६ पुगेको हो।

खोजी तथा उद्धार कार्य जारी रहेको र कैयौं व्यक्ति बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्नसक्ने अनुमान गरिएको छ।

आँधीबाट विद्युतीय लाइनमा आएको अवरोधका कारण धेरै क्षेत्रलाई असर गरिरहेको छ। जापानी उद्योग मन्त्री इसु सुगवाराले ३४ हजार व्यक्ति बिजुलीबिना बसिरेहका पुष्टि गरेका छन्।

सुगवाराका अनुसार आँधीले अति प्रभावित चिबा प्रान्तमा १८ हजार घर बिजुलीविहीन छन् भने नागानो प्रान्तका १२ हजार घर बिजुलीविहीन रहेका छन्।

सबै घरमा सुरक्षित रूपमा बिजुली दिनका लागि एक सातासम्म लाग्न सक्ने बताइएको छ। १३ वटा प्रान्तको एक लाख ३३ हजार घरका पानीको आपूर्ति पनि बन्द भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विनासकारी आँधीपछि अझै पनि बेपत्ता रहेका व्यक्तिको खोजी र उद्धारका लागि एक लाखभन्दा बढी सेना पनि परिचालन गरिएको बताइएको छ।

आँधीका कारण घरबारविहीन दुई व्यक्तिलाई आँधीकै समयमा शिविरमा बस्न नदिइएको भन्ने विवरण सार्वजनिक भएलगत्तै प्रधानमन्त्री सिन्जो आबेले यसप्रति चासो व्यक्त गरेका छन्।

आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन्।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो। प्रतिघण्टा दुई सय १६ किलोमिटरभन्दा बढीको वेगमा आएके आँधीलाई जापानमा विगत ६ दशकको समय आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ।

घरबारविहीन व्यक्तिलाई शिविरमा बस्न दिइएन
यसैबीच ६० वर्षको अवधिमा आएको शक्तिशाली आँधी प्रभावितलाई सरकारले खडा गरेको शिविरमा बस्न नदिइएको भन्ने समाचार सार्वजनिक भएको छ।

आँधीका कारण घरबारविहीन दुई व्यक्तिलाई आँधीकै समयमा शिविरमा बस्न नदिइएको भन्ने विवरण सार्वजनिक भएलगत्तै प्रधानमन्त्री सिन्जो आबेले यसप्रति चासो व्यक्त गरेका छन्।

आँधीका कारण घरबारविहीन भएका दुई व्यक्तिलाई उनीहरुको ठेगाना उपलब्ध नभएको भन्दै सरकारले बनाएको शिविरमा बस्न दिइएको थिएन। यो विषय जापानमा ठूलो बहसको विषय बनेको छ।

उनले सरकारले बनाएको शिविरमा सबै आँधी पीडितलाई खुला गरिनु पर्नेमा जोड दिएको बिबिसीले उल्लेख गरेको छ।

 

 

 

प्रकाशित: २९ आश्विन २०७६ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App