७ वैशाख २०८१ शुक्रबार
समाज

अब लोडसेडिङ देख्नु पर्दैन: मन्त्री शर्मा

भक्तपुर–उर्जामन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यकाबासीले अब लोडसेडिङ देख्न नपर्ने बताएका छन्। रफत सञ्चार क्लबले सोमबार गरेको साक्षात्कारमा उनले चुहावट नियन्त्रण गरी लोडसेडिङ मुक्त बनाउने बताए।

उपत्यकाभित्र लोडसेडिङ अन्त्य गर्दै देशैभर अभियानलाई सञ्चालन दिने तयारी सुरु भएको उनको भनाइ थियो। बिद्युत उत्पादनको सुरुवातका साथै सम्भाव्य क्षेत्रको पहिचान गरी काम गर्न सके नेपालले लोडसेडिङको अन्त्य गर्न सकिने उनले बताए। मन्त्री शर्माले राष्ट्र समृद्ध बनाउन उर्जा क्षेत्रको बिकास अनिवार्य रहेको बताए। उर्जा क्षेत्रको बिकासमा हरेक क्षेत्र लाग्नुपर्नेमा उनको जोड छ।


 

प्रकाशित: १३ मंसिर २०७३ ११:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App