coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रसंघमा कार्यरत दुई नेपाली डार्फरबाट अपहरित

शरणार्थीलाई सहयोग गर्न डार्फरमा परिचालित युएनएचसिअारका ट्रक। तस्विर साैजन्यः युएनएचसीअार डार्फर

काठमाडौं— संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग, सुडानमा कार्यरत दुई नेपाली आइतबार अपहरणमा परेका छन्। हतियारधारी एक समूहले दुई नेपाली र एक सुडानीलाई अपहरण गरेको अन्तरार्ष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

'हतियारधारी एक समूहले जिनियानाबाट दुई नेपाली र एक सुडानी नागरिकको अपहरण गरेको छ', प्रान्तीय सरकारका प्रवक्ता अब्दुल्लाह मुस्तफाले भने, 'सुरक्षाकर्मीले अपहरणकारीको खोजी गरिरहेका छन्।

पहरणमा परेका तीन जना नै राष्ट्रसंघीय कर्मचारी हुन्। राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसीआर) मा कार्यर्त उनीहरु आइतबार पश्चिम डार्फरको राजधानी जिनियानाबाट अपहरणमा परेका हुन्।

'हतियारधारी एक समूहले जिनियानाबाट दुई नेपाली र एक सुडानी नागरिकको अपहरण गरेको छ', प्रान्तीय सरकारका प्रवक्ता अब्दुल्लाह मुस्तफाले भने, 'सुरक्षाकर्मीले अपहरणकारीको खोजी गरिरहेका छन्।

अपहरणमा परेका कर्मचारीको नाम युएनएचसीआरले सार्वजनिक गरेको छैन। 'हामी आकस्मिक बैठकमा छौं', मोबाइल मेसेजमार्फत जवाफदिँदै युएनएचसीआर प्रवक्ताले भने।

डार्फर हिंसामा अहिलेसम्म ३ लाख मानिसको मृत्यु भइसकेको र २५ लाख विस्थापित भएको राष्ट्रसंघले ताउँदै आएको छ। यो हिंसाका लागि अरब समर्थित ओमार अल बसिरलाई जिम्मेवार ठानिँदै आइएको छ। 

प्रकाशित: १३ मंसिर २०७३ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App