७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्वार्थ केन्द्रित जीवन सार्थक हुनै सक्दैन: प्रधानमन्त्री

 

धुलिखेल-प्रधानमन्त्री पुष्पकमल दाहालले समाज र मानव जातिका लागि योगदान नगर्ने र व्यक्तिगत हित एवं स्वार्थका लागि मात्रै केन्द्रित हुने जीवन सार्थक हुनै नसक्ने बताPsf छन्।
काठमाडौं विश्वविद्यालयको २२ औं दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘तपाईहरु आज स्नातक, स्नातकोत्तर र विद्यावारिधिले विभुषित हुनुभएको छ । आजको दिन तपाईहरुको जीवनकै लागि एउटा घुम्ती हो । तर, महत्वपूर्ण सवाल जीवनलाई तपाईहरुले कसरी परिभाषित गर्नुहुन्छ, जीवनको सफलतालाई कसरी लिनुहुन्छ ? यो कुरा महत्वपूर्ण हो । परिवार, समाज र मानव जातिका लागि योगदान नगर्ने र व्यक्तिगत स्वार्थमा मात्रै केन्द्रित हुने जीवन सार्थक हुनै सक्दैन । मलाई विश्वास छ, तपाईहरुले समाज र मानव जातिको हितका लागि सोच्ने सार्थक जीवनतिर आफूलाई लम्काउनु हुनेछ।’

प्रधानमन्त्रीले कुनै पनि व्यक्तिको सफलता नीजि सवाल मात्रै नभएकोमा जोड दिँदै भने, ‘तपाईहरु दीक्षित हुनुभएको छ । तर, तपाईहरुको सफलताको पछाडि अभिभावक, परिवार, समाज र मानव समुदायकै योगदान र समर्पण जोडिएको हुन्छ । कुनै पनि व्यक्तिको सफलता व्यक्तिगत विषय मात्र नभएर परिवार, समाज र राष्ट्रले उसमाथि गरेको लगानीको प्रतिफल हो । तसर्थ, तपाईहरुको गन्तव्य समाज र राष्ट्रको हितमा केन्द्रित हुन जरुरी छ ।’

फरक प्रसङ्गमा प्रधानमन्त्रीले भूमण्डलीकरणले मानव जाति र राष्ट्रहरुको स्वतन्त्रतामा बाधक बनेको बताए। प्रधानमन्त्रीले भने, ‘प्रा.डा. प्रताप भानु मेहताले भूमण्डलीकरणबारे सारगर्भित धारणा राख्नुभयो । तर, आजसम्म भूमण्डलीकरणले मानव जाति र राष्ट्रहरुको भलाई गरेको छैन । मानव जातिको स्वतन्त्रता, राष्ट्रहरुको स्वतन्त्रता र हितका पक्षमा भूमण्डलीकरणले सकारात्मक योगदान गरेको विश्व इतिहास छैन ।’

दीक्षान्त समारोहमा सेन्टर फर पोलिसी रिसर्च इण्डियाका अध्यक्ष प्रा.डा. प्रताप भानु मेहताले शिक्षाको अन्तर्राष्ट्रिय आयामबारे आफ्नो धारणा राखेका थिए । समारोहमा प्रधानमन्त्रीले विद्यावारिधि, स्नातकोत्तर र स्नातक उत्तीर्ण विद्यार्थीहरुलाई दीक्षित गरेका थिए।

प्रकाशित: १३ मंसिर २०७३ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App