coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पत्रकार र मिडियाप्रति किन खनिए प्रधानमन्त्री ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टी व्यक्त गरेका छन्। मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संचारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टी जनाएका हुन्।

उनले भाषा र संस्कृति नबिर्सन सचेत पनि गराए। उनले विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपार्टीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयापुस्ताले विर्सदै गएको बताए। विशेष गरेर सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषा प्रति उनले गम्भीर असन्तुष्टी जाहेर गरे। उनले भने ‘सभ्यताका पर्खालहरु बागमतिमा फालिए। शिष्टता, मर्यादा केही पनि छैन्। पत्रकारले बाउलाई पनि तपाई भन्दैन। तिमी भन्दा माथि उठेर। यो एउटा ट्रेन हो। किन भने अग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाई भन्न गाह्रो लाग्यो। किन भने पैसावाला, डलरवाला, ‘यु’ वालाहरु ‘यु’ ले काम चलाउँछन् किन काम नचलाउने? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ। सानालाई तिमी भन्ने ठुलालाई तपाई भन्ने स्वभाविक हो। भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ।’

दक्षिण एसियाका कतिपय देशहरुमा जनताको सार्वभौम सत्ता खोसिएको, कुण्ठित वा मृत अवस्थामा रहेको, बलको आधारमा शासन सत्ता सञ्चालन गर्ने प्रवृत्ति देखिएको तथा केहीले लोकतान्त्रिक व्यवस्था अबलम्बन गरि राजनीतिक, आर्थिक अवस्था सुदृढ गर्दे विकासको बाटोमा सुपर पावरको अवस्थामा रहेको चर्चा पनि उनले गरे।

नेपाल लोकतान्त्रिक प्रणालीमा गएको भएपनि अझै पनि थिति नबस्दाका धङधगीहरु कायमै रहेको टिप्पणी उनले गरे। उनले भने ‘परिर्वतन भयो। थितितर्फ हामी गयौं। थिति नबस्दाका धङधगींहरु छँदै छन्। जसलाई फेरी हामी हिजोकै आदत अथवा हिजोका आदतले परिर्वतित सन्र्दभका छुटहरुलाई बेठिक ढंगले बुझ्ने प्रवृति पनि छँदै छ। आलोचनात्मक चेत प्रमुख भएको अवस्था हाम्रो देशमा पनि छ। किन भने  यसले अबको बाटो के हो भनेर जसरी समग्रतामा समाउन पर्ने त्यो अलि समात्न सकेको छैन्।’

उनले कला, संस्कृति र साहित्यमा नेपाल विश्वकै तुलनामा धनी भएको भन्दै उहाँले कला, संस्कृति, सभ्यता र साहित्यलाई सम्वद्र्धन गर्दे अघि बढाउनुपर्ने आवश्यकता औल्याए।

प्रधानमन्त्री ओलीले एसिया विकास र साहित्यको जननी भएको भन्दै उनले वास्तविक सुन्दर परम्परा र ऐतिहासिक सभ्यताको आधुनिक रुपमा विकास गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याए। अन्तरहिमाली सांस्कृतिक एवंम् साहित्यिक सम्बन्ध प्रवर्धनका लागि प्रतिष्ठानले चीन र दक्षिण एसियाका साहित्यकारहरुको सम्मेलन गरेको हो। सम्मेलन कात्तिक ३ गतेसम्म चल्नेछ।

प्रकाशित: २८ आश्विन २०७६ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App