८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रियताको पक्ष लिँदा ओली सरकार ढल्योः विक

पवित्रकुमार शाही

कालिकोट– नेकपा माओवादीका प्रवक्ता खडकबहादुर विश्वकर्माले नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रियताको पक्षमा वकालत गरेकै कारण सरकारबाट बाहिरिएको बताएका छन्। सोमबार सदरमुकाम मान्ममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘ नेपालमा राष्ट्रियतको पक्षमा बोल्ने मान्छेलाई विदेशी षड्यन्त्रमा ढाल्ने खेल भएको छ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको इसरामा संविधान संशोधन गर्न लागेका उनले आरोप लगाए।

एमाले, कांग्रेस र माओवादी केन्द्रले विश्वकै उत्कृष्ट भनिएको संविधान यतिछिटो संशोधन गर्नु खोज्नुको मुल कारण भारतको डिजाइन रहेको उनको भनाइ थियो। बृहत शान्ति सम्झौता अनुसार लोकतान्त्रिक गणतन्त्र स्थापनाको सफल कार्यन्वयन नगरेकै कारण प्रधानमन्त्री दाहालसँग आफूहरुको दूरी बढेको उनले जनाए। उनले नेपालको संविधान भारतकै डिजाइनमा निर्माण हुने र ध्वस्त हुने संकेत देखा परेकै कारण आफ्नो पार्टीले चुनाव बहिष्कार गर्दै आएको बताए।  

उनले भने, ‘ संविधान निर्माणका नाममा मालिक बन्ने र कुर्चीको दौडमा लाग्ने बाहेकका काम भएको छैन्। संसदवादी दलले राजनीतिको न्युनतम मूल्य र मान्यता गुमाउँदै ठेगान भन्दा बाहिर गएका छन्।’ उनले आगामी क्रान्ति संसदवादी दलले कदम हेरेरतय गरिने बताए। उनले भने, ‘हिजोको १० वर्षे युद्ध जस्तो नभई जन संघर्ससँगै एकीकृत क्रान्ति गर्ने र यदि आवश्यक परेको खण्डमा सशस्त्र क्रान्ति गर्न पनि तयार रहेको जिकिर गरे।

फरक प्रसंगमा नेता विकले शान्तिमय क्रान्तिकारी कार्यक्रममा सेना प्रहरी परिचालन गरिए काउण्टर दिन तयार रहेको चेतावनी दिए। उनले भने, ‘प्रचण्डले सेनाजति आफूले समायोजन गरिसकेको नसोच्दा हुन्छ। आवश्यक परे रातारात हजारौं सेना तयार हुन्छन्।’ जंगलमा नभइ अव एकीकृत क्रान्तिका साथ जनताको साथमा रहने उनले जनाए।

उनले झापा विद्रोहको उदाहरण दिँदै अव रोल्पाको थावाङबाट आफ्ना भावी कार्य योजना निर्माण गर्ने बताए। उनले भने, ‘प्रचण्डले बृहत शान्ति सम्झौतापछि आफूहरुलाई धोका दिएकै कारण नेत्रविक्रम चन्दको टिम बाहिरिएको सुनाए। आफूलाई मात्र नभई दाहालले केपी ओलीलाई पनि धोका दिएको र अव सबै नेपाली जनतालाई धोका दिने निश्चित भएको बताए। क्रान्तिकारी पत्रकार संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता विकले अव विकाससहितको जनसंघर्ष गर्ने बताए।   

प्रकाशित: १३ मंसिर २०७३ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App