७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल श्रीलंकासँग ८ विकेटले पराजित

काठमाडौं–महिला एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ। श्रीलंकाले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो। नेपालले १६. २ ओभरमा २३ रन जोड्दै सबै विकेट गुमाएको थियो।

नेपालले दिएको २४ रनको झिनो लक्ष्य श्रीलंकाले ४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो। श्रीलंकाकालागि हसिनी परेराले अविजित १७ र यसोधा मेण्डिसले ४ रन जोडिन्। नेपाली कप्तान रुविना क्षेत्री र करुण भण्डारीले एक एक विकेट लिए। नेपालकालागि ज्योती पाण्डेले सर्वाधिक १६ रन बनाइन्। सिता रानामगरले ४ र कप्तान रुविना क्षेत्रीले एक रन मात्र जोड्न सकिन्। एशिया कप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भोलि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
 

प्रकाशित: १३ मंसिर २०७३ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App