छुट्टाछुट्टै घटनामा तीन पक्राउ

मङ्गलबार, २८ असोज २०७६, ११ : ४४ नागरिक

कैलाली- प्रहरीले लागुऔषधसहित एक जनालाई सोमबार पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ मा डेरा गरी बस्ने भारतको लखिमपुरका १९ वर्षीय आशिष बालमिकीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर शाखा र त्रिनगर प्रहरी चौकीबाट खटिएको टोलीले बालमिकीको कोठाबाट २८ सिसी क्लोरोमाइन निलिट, २२ पत्ता स्पास्मो र १८३ ट्याब्लेट बरामद गरेको थियो।     
     
त्यसैगरी प्रहरीले मोटरसाइकल चोरीमा संग्लन एक जनालाई पक्राउ गरेको छ। बाजुरा बह्रमतोला गाउँपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क बस्ने २३ वर्षीय रोशन अधिकारीको से६प ५९१९ नंको यामाहा मोटरसाइकलसहित कैलारी गाउँपालिका–७ का २५ वर्षीय प्रकाश बोहरालाई पक्राउ गरिएकोे प्रनाउ बस्नेतले बताए। उनलाई कैलारी गाउँपालिकामा मोटरसाइकल चलाइरहेको अवस्थामा पक्राउ गरिएको थियो।     
     
त्यस्तै धनगढी–४ स्थित कैलपाल स्टोरको गोदाममा प्रहरीले सोमबार छापा मार्दा ३९ हजार ७ सय २५ रुपैयाँ बराबरका विभिन्न खाद्य सामग्री बरामद गरेको छ। भन्सार छलेर भित्र्याइएका मसुरको दाल१७५ किलोग्राम, नरिवल २५ किलोग्राम, राज्मा दाल ५० किलोग्राम, चिनी २५ किलोग्राम, सुर्ती ३० पोकालगायत खाद्य सामग्री बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिए।

उक्त गोदाम हेर्ने जिम्मेवारी पाएका महेश भट्टलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि कैलाली भन्सार कार्यालय पठाइएको जनाइएको थियो। रासस







यसमा तपाईको मत

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad