८ वैशाख २०८१ शनिबार
कला

टुबोर्ग ओपन सेसन्स् २ मा ‘माझी’ सार्वजनिक

काठमाडौं  – गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको ‘माझी’ गीत टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ। टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन भइरहेको टुबोर्ग ओपन सेसन्स् २ नामक युट्युब सिरिजले कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु सार्वजनिक गरिरहेको छ।

गायक बाँस्कोटाको ‘माझी’ टुबोर्ग ओपन सेसन्स्को दोस्रो संस्करणमा प्रस्तुत गरिएको पहिलो गीत हो। सो गीतमा माझीको आशा, भाग्य र गन्तव्यको कथा समेटिएको छ। यो गीतलाई संगीत निर्माता रोहित शाक्यले एरेन्ज गरेका छन्। टुबोर्ग ओपन सेसन्स् सिजन २ ले पहिलो संस्करणझैं नेपाली कलाकार र संगीतकारहरुलाई सँगै ल्याएर नयाँ सांगीतिक प्रस्तुति र सहकार्य गराउनेछ।

प्रकाशित: २८ आश्विन २०७६ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App