अमेरिकामा रहेका मुसलमानलाई नरसंहार गर्ने धम्की

सोमबार, १३ मङि्सर २०७३, १३ : १७ नागरिक

वासिंटन–अमेरिकाको क्यालिफोर्निया राज्यका कतिपय मस्जिदमा धम्कीपूर्ण पत्र फेला परेका छन्। पत्रमा अमेरिकामा बस्ने मुसलमानको नरसंहार गर्ने धम्की दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ती पत्रमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंषा गरिएको छ।

क्यालिफोर्नियामा नरसंहारको खतरालाई मध्यनजर गर्दै मस्जिदमा सुरक्षा व्यवस्था कडा पारिएको छ। धम्कीपूण पत्र प्राप्त भएपछि काउन्सिल अन अमेरिकन इस्लामिक रिलेसन्स (सिएआइआर) ले स्थानीय मस्जिदमा सुरक्षा व्यवस्था कडा पार्न प्रहरीसँग अपिल  गरेको थियो।

लस एन्जलस टाइम्सका अनुसार ती सबै पत्र हस्तलिखित छन्। पत्रमा मुसलमान समुदायलाई सैनातको बच्चाका नामले सम्बोधन गरिएको छ। साथै पत्रमा मुसलमानलाई तल्लोस्तर र फोहोरी भएको टिप्पणी गरिएको छ। पत्रमा ‘तिमीहरुको उल्टो दिनगन्ती सुरु भएको,’ उल्लेख छ। एफविआइको नयाँ तथ्यांक अनुसार २०१५ मा मुस्लिम विरोधी घटनामा ६७ प्रतिशतले बृद्धि भएको छ। गत वर्ष अमेरिकामा मुसलमान विरोधी २५७ घटना  भएका थिए।








यसमा तपाईको मत

अन्य समाचार

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

Ncell Footer Ad