coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

महिला क्रिकेट लिग विजेतालाई सात लाख

काठमाडौं –क्विन्स इभेन्ट म्यानेजमेन्टको अयोजनामा बुधबारबाट सुरु हुने वुमेन्स क्रिकेट लिग (डब्लुसिएल)को विजेता टोलीले नगद ७ लाख हात पार्ने भएको छ। क्विन्स इभेन्ट म्यानेजमेन्टले सोमबार एक विज्ञप्ति जारी गर्दै असोज २९ देखि कात्तिक ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता, उपविजेता र विधागत उत्कृष्ट खेलाडीका लागि नगद पुरस्कारको घोषणा गरेको हो।

विजेताले नगद ७ लाख हात पार्दा उपविजेताले नगद ३ लाख हात पार्नेछ। यता प्रतियोगितको सर्वोत्कृष्ट खेलाडीले टिभिएसको स्कुटरका साथै नगद ५० हजार तथा उत्कृष्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार हात पार्नेछन्। प्रत्येक खेलको वुमन अफ दी म्याचले नगद ५ हजार हात पार्नेछन्।

प्रतियोगितामा क्याटविन्स काठमाडौं, विराटनगर टाइटन्स, पोखरा पल्टन, चितवन राइनोज र ललितपुर फाल्कोन्स गरी कुल ५ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन्। जहाँ उद्घाटन खेलमा बुधबार काठमाडौं क्याट क्विन्स र चितवन राइनोज आमनेसामने हुनेछन्।


 

प्रकाशित: २८ आश्विन २०७६ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App