coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टोली पुनर्निर्माण गर्दै दक्षिण अफ्रिका

जोहानेसबर्ग – दक्षिण अफ्रिकाका क्रिकेट अधिकारीहरूले हालै भारतविरुद्ध लगातार दुई खेलमा लज्जास्पद हार बेहोरे पनि आफ्ना समर्थकलाई धैर्य अपनाउन आग्रह गरेका छन्।

अधिकांश सिनियर खेलाडीले संन्यास लिएसँगै दक्षिण अफ्रिकी टेस्ट टोली अहिले पुनर्निर्माणमा लागेको छ। आइतबार दोस्रो टेस्टमा एक इनिङ र १ सय ३७ रनका रबाफिलो जितका साथ भारतले तीन टेस्टको शृंखला २–० ले आफ्नो पक्षमा पारेको छ। यसअघि पहिलो टेस्टमा पनि भारत २ सय ३ रनले विजयी भएको थियो।

‘विश्ववरीयताको शीर्ष टोलीविरुद्ध खेल्न सधैं कठिन हुन्छ। त्यसमाथि हामी अहिले सुदृढ अवस्थामा छैनांै,’ दक्षिण अफ्रिका क्रिकेट बोर्ड (सिएसए)का प्रमुख कार्यकारी अधिकृत थाबाङ मोरोयले भने। इङ्ल्यान्ड विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै सिएसएले मुख्य प्रशिक्षक ओटिस गिब्सन र छनोट कमिटीलाई बर्खास्त गरेको थियो।

‘हामीले पछिल्लो दुई वर्षमा धेरै सिनियर खेलाडीलाई बिदाइ गरिसकेका छौं। जसमा एबी डी भिलियर्स, हासिम अमला, मोने मोर्केल र डेल स्टेन रहेका छन्।जसले दक्षिण अफ्रिकाका लागि ४ सय ५० टेस्ट खेलेका छन्,’ मोरोयले भने, ‘हामीले एकै पटक यी खेलाडीको स्थानमा त्यस्तै क्षमतावान् र अनुभवी खेलाडी ल्याउन सक्दैनौं। हामीले नयाँ टोलीलाई लयमा आउन समय दिनुपर्छ।’

मोरोयले डिसेम्बर र जनवरीमा घरेलु मैदानमा हुने इङ्ल्यान्डविरुद्धको शृंखलामा यो टोलीले समर्थकको मुहारमा हाँसो ल्याउने समेत विश्वास व्यक्त गरे। ‘दक्षिण अफ्रिकी टोलीमा अहिले नयाँ अनुहार र नाम छ। तर उनीहरूमा क्षमताको कमी भने छैन,’ उनले भने।

भारतले भने घरेलु मैदानमा लगातार ११औं टेस्ट शृंखला जितिसककेको  छ। ‘भारतीय खेलाडीले लामो सयमदेखि सँगै खेल्दै आएका छन्। त्यसैले सुखद नतिजा आइरहेको छ,’ उनले भने, ‘मलाई आशा छ यी युवा खेलाडीले सुखद नतिजा ल्याउनेछन्।’

 

प्रकाशित: २८ आश्विन २०७६ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App