६ वैशाख २०८१ बिहीबार
खेल

पोल्यान्ड र रूसको स्थान पक्का

पेरिस – पोल्यान्ड र रूसले क्रमशः नर्दन  म्यासेडोनिया र साइप्रसलाई निराश पार्दै युरो २०२० मा स्थान पक्का गर्दा जर्मनी र नेदरल्यान्ड्सले पनि अन्तिम चरण प्रवेश गर्ने सम्भावना थप बलियो पारेका छन्।

रूसले १० खेलाडीमा सीमित साइप्रसमाथि ५–० को सहज जित हात पार्दा पोल्यान्डले नर्दन  म्यासेडोनियालाई २–० ले हराएको हो। यी दुई टोलीको जितसँगै युरो कपमा छनोट हुने टोलीको संख्या ४ पुगेको छ। यसअघि बेल्जियम र इटालीले पनि अघिल्लो चरण पक्का गरिसकेका छन्।

समूह ‘सी’ मा बेलारूसमाथि २–१ को संघर्षपूर्ण जितका साथ नेदरल्यान्ड्स स्थानमा शीर्ष  यथावत् छ। समान ६ खेलमा समान १५ अंक जोडे पनि रोनाल्ड कोइम्यानको टोली नेदरल्यान्ड्सले जर्मनीलाई हेड टु हेडमा पछि पारेको हो।

गत वर्ष घरेलु मैदानमा सम्पन्न विश्वकपको क्वार्टरफाइनल स्थान पक्का गर्दै सनसनी मच्चाएको रूसले समूह ‘आई’ मा साइप्रसविरुद्ध हार टारे मात्र पनि बेल्जियमसँगै युरो कपमा स्थान बनाउने थियो। यसअघि जुन १२ मा भएको खेलमा पनि रूस १–० ले विजयी भएको थियो। समूह चरणमा २ खेल मात्र खेल्न बाँकी रहँदा  शतप्रतिशत नतिजालाई ८ खेलसम्म लम्ब्याएको बेल्जियम २४ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेलमा ७ जित हात पारेको रूस २१ अंकका साथ दोस्रो स्थानमा छ। तेस्रो स्थानको साइप्रसको मात्र १० अंक छ।

खेलको नवौं मिनेटमा डेनिस चेरिसेभले रूसको गोल खाता खोेलेका थिए। २३औं मिनेटमा मागोमेड ओजदोएभले रूसको अग्रता दोब्बर पारेका थिए। त्यसको ५ मिनेटपछि रूसका सेर्जी पेर्तोभमाथि खराब फाउल गरेको भन्दै कोटास ल्याफिस रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि साइप्रसले १० खेलाडीमा सीमित हँुदै खेलको अन्त्य गरेको  थिायो।

खेलको अन्तिम ११ मिनेटमा थप तीन गोल गर्दै रूसले सहज जित पक्का गरेको थियो। ७९औं मिनेटमा आर्टिम डेजुवाले रूसका लागि तेस्रो गोल गरेका थिए। ८९औं मिनेटमा एलेक्जेन्डर ग्लोभिनले रूसको अग्रता थप बढाएका थिए।त्यसको एक मिनेटपछि नै चेरिसेभले व्यक्तिगत दोस्रो गोल गर्दै रूसको सहज जितलाई पूर्णता दिएका थिए। रूसले नोभेम्बर १६ मा बेल्जियमको सामना गर्नेछ।

यता पोल्यान्डसँग भने युरो २०२० को टिकट पक्का गर्न नर्दन  म्यासेडोनियामाथि जितको विकल्प थिएन। समूह ‘जी’ मा  ८ खेलमा ६ जितका साथ १९ अंक जोडेको पोल्यान्ड शीर्ष स्थानमा छ। ७४औं  मिनेटमा प्रिज्मेस्ल फ्रान्कोभास्कीले पोल्यान्डलाई खेलमा अघि बढाएका थिए। त्यसको ६ मिनेटपछि नै अर्काड्युज मिलिचले पोल्यान्डको अग्रता दोब्बर पारेका थिए।

समूह ‘सी’ मा बेलारूसमाथि २–१ को संघर्षपूर्ण जितका साथ नेदरल्यान्ड्स स्थानमा शीर्ष  यथावत् छ। समान ६ खेलमा समान १५ अंक जोडे पनि रोनाल्ड कोइम्यानको टोली नेदरल्यान्ड्सले जर्मनीलाई हेड टु हेडमा पछि पारेको हो। नेदरल्यान्ड्सको जितमा जर्जिनो विज्नाल्डमले २ गोल गरे। बेलारूसका स्टानिस्लाभ ड्रागोनले सान्त्वना एक गोल गरे।

‘हामीले दोस्रो हाफमा जुन प्रदर्शन ग¥यांै, आगामी खेलमा त्यसमा सुधार आवश्यक छ,’ नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डेजिकले भने, ‘हामी छनोटको अत्यन्तै नजिक छांै र त्यसले नेै अन्त्यमा अर्थ राख्ने हो।’ त्यस्तै जर्मनीले इस्टोनियामाथि ३–० को जित हात पा¥यो। जर्मनीको जितमा एल्के गुन्डोगानले २ र टिमो वेर्नेरले एक गोल गरे। यता वेल्स र क्रोएसियाले भने १–१ को बराबरीमा चित्त बुझाए।

प्रकाशित: २८ आश्विन २०७६ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App