coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जेलसजायविरुद्ध फुटबल गतिविधिमा रोक

बार्सिलोना – क्याटलान स्वतन्त्रता अभियानका ९ नेतालाई सुनाएको जेल सजायविरुद्ध  क्याटलान फुटबल संघले सोमबारबाट सम्पूर्ण फुटबल गतिविधिमा तत्कालका लागि रोक लगाएको छ ।

स्पेनको सर्वोच्च अदाततले २०१७ को क्याटलान स्वतन्त्रताको जनमत संग्रह गराएको भन्दै उनीहरूमाथि सजाय सुनाएको हो । संघले पक्राउ परेका नेताको समर्थनका लागि सबै फुटबलका खेल र फुटसलका खेलहरूमा रोक लगाएको हो । स्पेनिस राष्ट्रिय फुटबल टोली र ला लिगाका खेलमा भने यो लागू गरिने छैन । करिब ४ महिनाको सुनुवाईपछि सर्वोच्चले यो सजाय सुनाएको हो ।

बार्सिलोनाले वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जेल सजाय सुनाउनु दुर्भाग्यपूर्ण  भएको बताएको छ । ‘अहिले क्लब वार्ताबाटै समस्या समाधानको पक्षमा छ,’ बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । २०१८ मार्चमा पहेलो रिबन देखाएको र त्यो स्वतन्त्र क्याटलोनियाको प्रतीक भएको भन्दै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलामाथि जरिवानाको सजाय सुनाइएको थियो ।

 

प्रकाशित: २८ आश्विन २०७६ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App