८ वैशाख २०८१ शनिबार
समाज

सर्वोच्चमा १७ थान बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौं – सर्वोच्च अदालतमका दसैं बिदा अवधिभर १७ थान बन्दी प्रत्यक्षीकरणको रिट निवेदन परेको छ। पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्ययको निधनमा दिएको बिदासमेत जोड्दा १७ दिनको अवधिमा १७ थान नै रिट निवेदन दर्ता भएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले दर्ता भएका १७ मध्ये १० थान बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज भएको बताए। उनका अनुसार सर्वोच्चबाट ४ थानमा मात्र बन्दी प्रत्यक्षीकरणको रिट जारी हुने ठहर भएको छ भने ३ थान निवेदन विचाराधीन अवस्थामा रहेको छ।

सर्वोच्चले दसैं बिदा अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट हेर्न पाँच न्यायाधीश तोकेको थियो। वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ललाई बन्दी प्रत्यक्षीकरणको रिट निवेदन हेर्नेगरी जिम्मेवारी तोकिएको ढकालले जानकारी दिए।

न्यायाधीश राउतलले सुरुका तीन दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गरेको र न्यायाधीश प्रधानले अन्तिमका तीन दिन रिट निवेदनको सुनुवाइ गरेको सूचना अधिकारी ढकालको भनाइ छ। न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाले भने दुई÷दुई दिनमात्र बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गरेको उनले जनाए।

सर्वोच्च अदालतसहित देशभरका अदालतहरु असोज १२ गते घटस्थापनदेखि बन्द भएर आजदेखि खुला भएका छन्। असोज २६ गतेसम्मलाई अदालत बन्द रहने भनिए पनि यही असोज १० गते पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधन भएकोले उनको निधनमा शोक प्रकट गर्न एक दिन देशभरका अदालत र न्यायाधीकरणकमा बिदा दिइएको हो। असोज १२ देखि २६ गते कोजाग्रत पूर्णिमासम्म दशैंको बिदा परेकाले उक्त बिदा सकिइ अदालत खुल्ने पहिलो दिन सोमबार एकदिन उपाध्यायको निधनमा शोक बिदा दिइएकाले मंगलबार देखि अदालत खुलेको हो।

प्रकाशित: २८ आश्विन २०७६ ०१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App