coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पौडेलले बुझाए चार राज्यमन्त्रीको नाम

काठमाडौं–कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो तर्फबाट सरकारमा सहाभागी हुने राज्यमन्त्रीको नाम उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई बुझाएका छन्। आइतबार जापान जानु अघि नेता पौडेलले स्वकीय सचिव चिरञ्जिवी अधिकारीमार्फत आफू निकट चार नेताको नाम उपप्रधानमन्त्री  निधिलाई बुझाएका हुन्। 

पौडेलले राज्यमन्त्रीमा आफू निटक दिपक खडका, कञ्चनचन्द्र वादे, सुरेन्द्र आचार्य र जीवन परिवारको नाम दिएका हुन्। तर, पौडेलले दिएका नाम मध्ये जीवन परिवार बाहेक अन्य नेतामात्र राज्यमन्त्री  बन्ने स्रोतले जनाएको छ।  सभापति शेरबहादुर देउवाले तीन नेताको नाम मात्र मागेपनि पौडेलले चार नेताको नाम दिएका हुन्।
यसैगरी कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षबाट एक एक जना राज्यमन्त्री बन्ने भएका छन्।

सिटौलाले तारामान गुरुङ र खड्काले इन्द्र बानियको नाम सिफारिस गरेका छन्।  कांग्रेसबाट मात्र दश राज्यमन्त्री थप गर्ने सरकारको तयारी अनुसार पाँच भने सभापति देउवाले आफू निकट नेतालाई पठाउने तयारी गरेका छन्।

सभापति देउवा पक्षबाट मिथु मल्ल, दिलिप गच्छदार, सीताराम मेहता, अब्दुल रज्जाक, दीर्घराज भाट, सुवर्ण ज्वारचनमध्येबाट राज्यमन्त्री बन्नेछन्।  गृह राज्यमन्त्रीमा मोहनबहादुर बस्नेत, रामहरि खतिवडा, ध्रुव वाग्लेसहितका नेता सक्रिय छन्। तर गृहमा भने कुनै नेतालाई पनि राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी नभएको स्रोतको दाबी छ।
संविधान संशोधनको विषयले प्रवेश पाउँदा कांग्रेसबाट राज्यमन्त्री थप गर्ने पटक पटकको तयारी अन्तिम समयमा स्थगित हुँदै आएको छ।
 

प्रकाशित: १३ मंसिर २०७३ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App