८ वैशाख २०८१ शनिबार
समाज

रामेछापको भूकम्पले पोखरामा घर भत्कियो

पोखरा- आज बिहान गएको परकम्पका कारण लेखनाथ नगरपालिकामा एक घरमा क्षति पुगेको छ। परकम्पका कारण लेखनाथ नगरपालिका वडा नं ४ जलधारेमा रुद्रमोहन भट्टराईको एकतले पुरानो घरमा क्षति पुगेको डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक मदनजीत महराले जानकारी दिए।

उनका अनुसार गत वर्षको भूकम्पले चर्काएको उक्त घरमा बिहानको कम्पनले केही क्षति पुर्याएको हो। केही वर्षयता भट्टराई परिवार उक्त घरमा बस्ने गरेका थिएनन्।

बिहान ५ः२० बजे रामेछाप र सोलुखुम्बुलाई केन्द्रविन्दु बनाएर ५.६ रिक्टर स्केलको परकम्प गएको थियो। भूकम्प मापन केन्द्रले यो ‘गोरखा’ भूकम्पको परकम्प भएको जनाएको छ। रासस 

प्रकाशित: १३ मंसिर २०७३ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App