मातृभूमिप्रति दायित्व बोध गर्न गैरआवासीय नेपालीलाई डा. महतको आग्रह

सोमबार, २७ असोज २०७६, १५ : ४३ नागरिक

काठमाडौँ- नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले विश्वमा आर्जन गरेको ज्ञान र सीपलाई नेपालको विकासमा लगाउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।   

गैरआवासीय नेपाली सङ्घको महाधिवेशनका लागि हाल काठमाडौँमा रहेका गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिहरुलाई आज आफ्नो निवासमा आयोजना गरेको जलपानमा सहमहामन्त्री डा. महतले सो आग्रह गरेका हुन्।  

हाल संसारको जुनसुकै देशमा रहेको भए पनि सबैभन्दा पहिला आफू नेपाली हूँ भन्ने पहिचानलाई नभुली मातृभूमिप्रतिको दायित्वप्रति सदैव सजग रहन उनले आग्रह गरे।

विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनका क्रममा संसारभर रहेका नेपालीहरुको ती देशमा पनि विशिष्ट पहिचान रहेको प्रसङ्ग उल्लेख गर्दै आफूले ती देशमा रहँदा आर्जन गरेको ज्ञान र सीपलाई नेपालमा लगाउन सकेमा देश विकासमा ठूलो टेवा पुग्ने डा. महतले बताए।   

संसारका विभिन्न देशमा अध्ययन होस् या पेसा र व्यवसाय गर्दा होस् नेपालीहरुले आफ्नो योग्यता र क्षमताका आधारमा विशिष्ट पहिचान बनाएका र यसले नेपालको शिर उँचो राख्न र नेपाललाई विश्वमा चिनाउन सघाउ पुगेको धारणा उनले राखे।  

सो कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रामशरण महत, प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेलगायतका नेताहरु उपस्थित थिए।    

जलपानमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्षहरु जिवा लामिछाने र शेष घलेसहित पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। रासस   







यसमा तपाईको मत

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad