घरबाट महिला हिंसा अन्त्य गरौ

सोमबार, १३ मङि्सर २०७३, ११ : ४० ल्यामबहादुर दर्जी

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिलाहिंसा विरुद्ध १६ दिने अभियान सञ्चालन गर्न सरकारी निकाय, गैरसरकारी निकायका चरणबद्ध कार्यक्रम आयोजना हँुदैछन्। वर्षौंदेखि यो अभियान सञ्चालन भए तापनि हिंसा भने बढेर गएको छ। पहिलो कुरा हिंसा कहाँ कहाँ हुन्छ, कसले गर्छ, हिंसा नघट्नुका कारण के हुन भन्नेबारे हामी आफँै गम्भीर भएर सोच्नुपर्छ। वान की मुनले विभिन्न स्लोगान प्रस्तुत गर्नुभएको छ– घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसारहित समाज आदिले आफैँमा गहु्रँगो सन्देश बोकेको छ। 

सम्पत्तिमा हिंसा छ, योग्यतामा हिंसा छ, पहुँच र अवसरमा हिंसा छ,  हाम्रो व्यवहारमा हिंसा छ, हाम्रो संस्कृतिमा हिंसा छ, उमेरमा पनि हिंसा छ, घरमा हिंसा छ, समाजमा छ, भेला/बैठकमा हिंसा छ, रूपमा हिंसा छ, गरिब–धनीमा छ, ठूलो जात र सानो जातमा छ, भूगोलमा छ, सुगम र दुर्गममा छ। सञ्चारमा पनि छ। अभियान सञ्चालनमा पनि छ। गाउँगाउँमा पनि हिंसा छ। सामाजिक संरचनामा छ, यो ममा पनि छ, हामी सबैमा छ। हामी अन्याय, अत्याचार, दमन, शोषण, विभेद गर्छांै। सबै हिंसा हाम्रो हरेक क्षणको काममा रुमलिएर आफँै भइरहेको छ।

महिला महिलामा पनि हिंसा छ। जातीय कुरा गर्दा पहिला दलित–दलितभित्रको छुवाछूत अन्त्य हुनुपर्छ भन्ने भनाइ वा यो समस्या हाम्रो हो कि राज्यको हो भन्ने थाहा छैन। महिलाले महिलालाई हिंसा नगर्ने, सम्मान गर्ने आधारहरु चाहिन्छन्। म पनि महिला हो, मैले महिलालाई सम्मान गर्नुपर्छ भन्ने बानी व्यवहार महत्वपूर्ण हुन्छ। महिला हिंसा अन्त्यका लागि महिलाबाटै अभियान सुरु गरौँ। अनिमात्र अरुलाई गराउन बाटो फुक्छ।

हामीले आमा, भाउजू, दिदी, बहिनी, छोरीहरुलाई हिंसा हैन, सम्मान गर्न सिक्नु जरुरी छ। घरमा श्रीमतीलाई जीवनको सहयात्री नठान्ने, आदर सम्मान गर्न नसक्ने, ऐ र तँ भनेर बोलाउने, छोराकी आमा, छोरीकी आमा भन्ने, नाम उच्चारण गर्न भने अकमकाउने व्यक्तिहरु नै हिंसाबारे चार घण्टा भाषण छाँटेर बस्छन्। घर सल्लाह, कामको बाँडफाँट, माया, प्रेम, आदर सम्मान गर्दै गर्दैनन्। त्यो व्यवहार हाम्रो बाबाले जे गरे हामी त्यही गछर्ौं। श्रीमान्को गोडाको पानी खाने चलन कायम छ। यो चलन राम्रो हैन भनेर घरमा वकालत गर्न सक्दैनौँ। रीतिरिवाज र संस्कृति नराम्रो चालचलन जीवितै राखेर महिला हिंसा अन्त्य हुनै सक्दैन। महिला सृष्टिका खानी हुन्। उनीहरुबिनाको जीवन कस्तो हुन्छ भन्ने पुरुषलाई थाहा नभएको हैन। थाहा भएर बुझ पचाएकामात्र हुन्। १६ दिने अभियानमा तालिम गोष्ठी, प्लेकार्ड, ब्यानरमा फोटो निकालेर, भाषण छाँटेर फलफूल खुवाएर, सम्मानित भएर/गरेर प्रचार त होला तर हिंसा भने अन्त्य हुँदैन। पहिला घरको हिंसा अन्त्य गरौँ, बाबाले आमालाई गरेको हिंसाविरुद्ध वकालत गरौँ। बहिनीहरु, भाउजूहरु, दिदीहरुमा भएकेा हिंसा अन्त्य गरौँ। समाजमा जहाँ महिलामाथि हिंसा हुन्छ, त्यहाँ मिलेर सकारात्मक भावनाले प्रतिकार गरौँ। यो काम हामी सबैको हो। जातीय हिंसा र धनी–गरिबबीचको हिंसालाई कानुनी माध्यमबाट अन्त्य गराँै। महिलाको कामको उच्च मूल्याकंन गरौँ, वस् हिंसा स्वत न्यून हुन्छ।

यसरी भनिरहँदा, नेपालमा त महिला राष्ट्र प्रमुख, महिला सभामुख, महिला न्यायाधीश हुनुहुन्छ। नयाँ संविधान छ, जुन महिलामैत्री छ। फेरि पनि महिला हिंसा चरम छ, पहाड र तराईमा हिंसाका स्वरूप फरक छन्। बाहुन, क्षत्री, जनजाति, दलित जातिमा हिंसाका स्वरूप फरक छन्। तीनवटै पक्षका नीतिनियम एकैखालको बनाएर समाधान असम्भव छ। फरकखालका ऐन चाहिन्छ। महिलालाई अवसर नदिई हिंसा अन्त्य हँुदैन राजनीतिक दलका नेताहरु अझ बढी हिंसा गर्छन्। मन्त्री बनाउन महिला चाहँदैनन्। अझ दलितलाई त पटक्कै बनाउँदैनन्, क्षमतावान भए पनि सोच र इच्छाशक्ति नै देखिँदैन। यसपालिको राष्ट्रपति चुनाव अमेरिकामा भयो। त्यसलाई पनि हेर्न सकिन्छ। लुकेको/नदेखिएको अर्को बलियो पक्ष भूमिमा महिलाको स्वामित्व पनि हो।

हाम्रो पैतृक सम्पत्ति बाबुबाट छोरामा सर्छ तर छोरी र बुहारीमा सर्दैन। सम्पत्तिकै आडमा हिंसा मौलाएको छ। हामीले कहिल्यै महिलालाई भूमिको स्वामित्व हस्तान्तरण गरेनौँ। सम्पत्तिको रक्षा, उत्पादकत्व वृद्धि र संरक्षणको भार महिलामा छ तर स्वमित्व भने ज्यादै न्यून। नेतामा छ, कार्यकर्तामा छ, कर्मचारी, विज्ञहरुमा छ। राजनीतिक नेतागणमा छ। महिलालाई भूमिको स्वामित्व दिँदा पोइल जान्छन् भन्ने अहम्कारीहरु छन्। आफूले सम्पत्तिको आडम चारवटी श्रीमती ल्याएर बिचल्ली बनाउनेहरु नै महिलालाई सम्पत्तिमा अधिकार दिने बाधक हुन्। विडम्बना, उनीहरु नै महिला हँसाउन र खुसी बनाउने काममा लागेको भाषण गरेर थाक्दैनन्। हाम्रो देशमा सबै परिवारले संयुक्त पुर्जा बनाएर महिलालाई भूमिमाथिको स्वामित्व दियाँै भने यो विश्वकै लागि नमुना काम हुन्छ जसले पूरै नभए पनि महिलामाथिको हिंसा स्वात्तै घटाउनेमा भने कसैले पनि शंका नगरे हुन्छ। त्यसैले महिला हिंसा दिवस व्यवहारमा देखाउँ, भाषण धेरै भए।






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad