८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर एकको मृत्यु

गुल्मी– गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको छत्रकोट गाउँपालिका–६ गौरीखुट्टा बस्ने ४६ वर्षीय तुलसादेवी घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले जानकारी दिए।

बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी घिमिरेलाई उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। अहिले शव परीक्षणकाका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ। रासस

प्रकाशित: २७ आश्विन २०७६ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App