coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

यसरी मनाइयाे बालाचतुर्दशी [फोटो फिचर]

आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै आज पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदैछ। विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ।

धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रीत सात प्रकारका बीऊलाई सतबीज भनिन्छ । सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने र पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । बालाचर्तुदशीको अघिल्लो दिन जाग्राम बसी बसी दिवङ्गत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन गर्छन् ।

तस्बिर : दिपेश श्रेष्ठ, प्रबीन कोइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App