८ वैशाख २०८१ शनिबार
समाज

तोकिएभन्दा बढी भाडा लिने दुई जना विरुद्ध मुद्धा

खोटाङ – खोटाङमा यात्रुबाट तोकिएभन्दा बढी भाडा लिएकामा दुई जना विरुद्ध कालो बजारी अन्तरगत मुद्धा दर्ता गरिएको छ ।

चाडवाडका समयमा यात्रुबाट निर्धारितभन्दा बढी भाडा लिएकामा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तmेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरेर कालो बजारी अन्तरगत मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबारका दिनखोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही १ हजार ४५० लिनुपर्नेमा दुई हजार लिएको जनगुनासोका आधारमा सादा पोशाकका प्रहरी खटाएर उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए ।

दशैं तिहारको बेलामा भित्रिने र बाहिरिने यात्रुबाट मनपरी भाडा लिएको विषयमा चेकजाँचका लागि ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ऐसेलुखर्क, बाक्सिला लगायतका क्षेत्रमा सञ्चालनमा रहेको सवारी साधनले मनपरी भाडा लिइरहेको गुनासो आएको डिएसपी गौतमले बताए ।

प्रकाशित: २७ आश्विन २०७६ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App