औषधि 'स्प्रे' गरेपछि मात्र केरुङबाट कन्टेनरलाई चीन प्रवेश अनुमति

सोमबार, १३ मङि्सर २०७३, ११ : ०६ नागरिक

रसुवा—मर्मत हुन थालेको चिनियाँ सडकमा सुधार हुन थालेपछि सामान लिन केरुङ जाने ट्रक तथा कन्टेनरको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ। 

सवारी साधनले रोग भित्र्याएको हुन सक्ने आशङ्का गर्दै मितेरी पुलमा प्रतिसवारी साधनमा १० वटा कीटनाशक औषधिको ‘स्प्रे’ गरेर मात्र चिनियाँ पक्षले ट्रक, कन्टेनर केरुङ पठाउने गरेको छ। 

ट्राफिक प्रहरी, रसुवागढीका इन्चार्ज जयराम पुडासैनीका अनुसार आजदेखि चिनियाँ पक्षले दैनिक ५० वटा ट्रक तथा कन्टेनर केरुङतर्फ पठाउन थालेपछि नेपालतर्फको ट्राफिक जाममा केही कमी आएको छ। 

चिनियाँ भूभागका चौपायाहरुमा रोग लाग्न थालेको र सवारी साधनले रोग भित्र्याएको हुन सक्ने आशङ्का गर्दै मितेरी पुलमा प्रतिसवारी साधनमा १० वटा कीटनाशक औषधिको ‘स्प्रे’ गरेर मात्र चिनियाँ पक्षले ट्रक, कन्टेनर केरुङ पठाउने गरेको छ। 

शनिबार ३२ वटा मात्र सवारी साधन केरुङतर्फ गएका थिए भने आज मात्र ५० भन्दा बढी ट्रक, कन्टेनर केरुङ गएको बताइएको छ। रासस 





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad