८ वैशाख २०८१ शनिबार
राजनीति

पाँच नम्बर प्रदेश टुक्र्याए कांग्रेसले आन्दोलन गर्ने

कपिलवस्तु—नागरिकको भावना विपरीत पाँच नं. प्रदेशलाई टुक्र्याउन खोजे आन्दोलनमा उत्रने नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताले चेतावनी दिएका छन्। 

पार्टीका अगुवा कार्यकर्ताले सोमबार बाणगङ्गा नगरपालिकाको जितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नागरिकको मागबिना नै संशोधन प्रस्तावमार्फत पाँच नं. प्रदेशलाई टुक्र्याउन खोज्नु मुलुककै लागि दुर्भाग्य हुने बताए। 

मधेसी समुदायले समेत पहाडी जिल्ला अलग्याउनुपर्ने माग नराखेको अवस्थामा प्रदेश टुक्र्याउन खोजे आन्दोलन गर्ने नेपाली काँग्रेस क्षेत्र नं १ का सचिव अनिल घिमिरेले बताए। रासस

प्रकाशित: १३ मंसिर २०७३ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App