coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दसैंमा घुमफिर

भैरहवा - दसैं हिन्दु नेपालीहरुको मुख्य र महत्वपूर्ण पर्व हो।  मुलुक आधुनिकतातर्फ अघि बढ्दै गर्दा दसैं मनाउने शैली पनि क्रमशः परिवर्तन हुन थालेको छ। परम्परागत तवरबाटै आफन्तजनसँग भेटघाट तथा टीकाटालो गरेर दशैं मनाउनुपर्छ भन्ने सोच राख्नेहरूको पनि कमी छैन। त्यससँगै ठाउँ, परिवेश र पारिवारिक पृष्ठभूमिअनुसार दसैंैं मनाउने चलन फरक–फरक देख्न पाइन्छ। पछिल्लो समय दसैंैको समयमा अधिकांश नेपालीहरु परिवारिक घुमघाममा देशभित्र र बाहिर जान थालेका छन्।

विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ।  भगवान् रामले यसै दिन रावणको वध गरेकाले यसलाई असत्यमाथि सत्यको विजयको रूपमा पनि लिइन्छ। आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–खुवाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ।

टाढा रहेका परिवार र आफन्त जनहरुलाई सजिलो होस् भन्ने उद्देश्यले यो पर्व  प्राय पूणिमासम्म मनाइन्छ र अधिकांश निजी तथा सस्थागत कार्यालयले पनि सोही अनुसारको विदा कर्मचारीहरुलाई दिइएको हुन्छ। प्राय शहर बजारमा पनि पूािर्णमापछि नै चहलपहल हुन्छ। पुख्र्यौली घर वा आमाबुवासँग दसैं मनाउने भएकाहरुलाई त यो समय वितेको थाहै हुदैन। वर्ष दिनपछि भेट भएका उनीहरुलाई गाँउका साथी आफ्न्तजनसँगै भेट्दै, कुराकानी साटासाटमै दिन गएको थाहै हुदैन भने दसैं नभएका र अन्य समूदायका व्यक्तिलाई करिब १५ दिनको यो समय कटाउन गाह्रो हुन्छ।

सँधै व्यवसाय र काममा व्यस्त हुनेलाई यो समयमा दिन बिताउन नि सकस हुन्छ। बजारमा पनि चहलपहल कम हुने भएकोले मनोरञ्जनका साथ साथै घुमफिर गर्नेतर्फ देखिन्छन्। विगत केही वर्षदेखि नेपालीहरू दसैं विदाको सदुपयोग गर्न आन्तरिक तथा बाह्य पर्यटकका रुपमा देखिन्छन्। दसैं, तिहार र छठ पर्वलगायतको लामो बिदामा परिवारसँग घुम्न जान थालेपछि धेरै गन्तव्यस्थलहरू भीडभाड हुने गरेको छ। राम्रो आम्दानी हुनेहरू विदेश भ्रमणमा घुम्न जान्छन् भने कम आम्दानी गर्नेहरू नेपाल भारतकै विभिन्न ठाउँहरूमा नै घुम्छन्। यसरी नेपाल घुम्न आउने पर्यटकबाटै नेपालीहरूमा पनि बिस्तारै घुम्ने संस्कृति विकास भएको छ।

दसै भनेको टीका टालो र पूजाआजामात्र नभएकोले वर्ष भरिको थकान मेट्ने पर्वको रुपमा पनि लिने गरिएको छ। वर्ष दिनमा एक पटक भए पनि घुम्न पर्छ भन्दै ५ वर्षदेखि हामी दसैंको बिदामा घुम्न जाने गरेका छौ, भैरहवामा शिक्षण पेशामा आवद्ध विपीन शाहले भने। अहिलेसम्म हामी दसैंकै विदामा पोखरा, मर्दी हिमाल, जोमसोम, मुस्ताङ  लगायतका पर्यटकीय गनतव्यमा पुगिसकेका छौँ। यस वर्ष हामी सहकर्मी ५ जना साथीहरुसँग शे फोक्सुण्डो आएका छौ, शाहले भने।

त्यस्तै बैकमा कार्यरत भैरहवाका गौतम गुप्तापनि दशै विदामा साथी र परिवारहरुसँग समूहमिलाई घुम्ने गर्छन्। उनी पनि ४ वर्षदेखि हरेक दसैंमा घुम्न जान्छन्। गत दसैंकै विदाको सदुपयोग गर्दै उनी अहिलेसम्म थाइलेण्ड, भारतको मुम्बई, गोवा घुमिसकेका छन्। यस वर्ष परिवार र साथीसहितको ८ जनाको समूहमा मुस्ताङ गएका छन्। उनी पनि दसैं विदालाई घुमघाम गर्ने भनेर एक महिना पहिलैदेखि नै योजना बनाएर मुस्ताङमा चिसोसँगै रमाइरहेका छन्।

त्यस्तै सिद्धार्थनगर ९ बस्ने रुविना थापा मिडियामा आवद्ध छिन्। दशैको मौका छोपेर विदालाई सदुपयोग गर्दै पारिवारिक घुमघाम गर्न पूर्वतर्फ धरानामा छिन्। उनीसँगै उनको परिवार र साथीहरु पनि पूर्वतर्फ घुम्न आएको बताउछिन्। खासै विदा नहुने दसैंैको समयमा भएको एक हप्ता विदामा धरानको बुढा सुब्बा मन्दिर, लगायतका पर्यटकीय र धार्मिक स्थलको भ्रमण गरेर निकै हर्षित छु उनले भनिन्। 

पर्यटन विकासको क्षेत्रमा पछिल्लो समय सरकार पनि सक्रिय देखिन्छ, प्रदेशले आ आफ्नो क्षेत्रमा पर्यटनलाई आधार मानेर विविध लुम्बिनी भ्रमण वर्ष, गण्डकी भ्रमण वर्ष लगायतका कार्यक्रम गरिरहेका छन भने स्थानीय तहले पनि सोही अनुसारको घोषणा गरिरहेका छन्।

सरकारले पनि २०२०लाई भ्रमण वर्ष घोषणा गरेको छ। घोषणाभन्दा पनि भ्रमण गर्न असजिलो भइरहेको वर्तमान अवस्थालाई कसरी व्यवस्थित गर्ने भन्नेतर्फ पनि ध्यान दिनु पर्छ। नेपालमा धेरै पर्यटनका सम्भावना छन प्रचार प्रसारको कमिका कारण प्राकृतिक तथा पर्वतीय पर्यटनका साथै ग्रामीण र सास्कृतिक पर्यटनको विकास हुन सकेको छैन। विदेशी पर्यटकभन्दा पनि स्वदेशी पर्यटक नै बढी खर्च गरी घुम्न जानेको पनि धेरै विकास भएको छ र लाखौँ आन्तरिक पर्यटक नेपालका विभिन्न स्थानहरुमा घुमफिर गरेका छन्।

नेपालीहरु पनि पहिला आन्तरिक पर्यटक भई घुमे पर्यटनको विकास हुन्छ त्यो भनेकै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक समृद्धि हो। पर्यटक ल्याउछौं भनेर मात्रै हुदैन्। यसको लागि यहाँ भौतिक संरचनाहरु बनाउन, हवाई कनेक्टीभिटीहरु बढाउन, होटल, होमस्टे लगायतका धेरै काम गर्नु आवश्यक छ। 

प्रकाशित: २७ आश्विन २०७६ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App