‘मिटु’ बहसयोग्य विषय हो: दयाहाङ

सोमबार, २७ असोज २०७६, ०९ : १५ भीम चापागाईं

इलाम - सन् २०१७ मा हलिउड अभिनेत्री एलिसा मिलानोले सामाजिक सञ्जाल ट्वीटरमा ‘यदि तपाई यौन दुव्र्यहारमा पर्नुभएको छ भने मिटु लेखेर आफ्नो अनुभवलाई रिप्लाईमा लेख्नुस्,’ ट्वीट गरेपछि चर्चा पाएको मिटु अभियान नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्न नसकेको अवस्थामा अभिनेता दयाहाङ राईले यस विषयमा बहस हुने पर्ने तर्क राखेका छन्।
हलिउड र बलिउडपछि नेपालमा भित्रिएको मिटु अभियानले खासै नेपाली फिल्म क्षेत्रलाई छुन सकेको छैन्। सामाजिक सञ्जाल र अन्य मिडियामार्फत् विशेषगरी महिलामाथि हुने हिंसाविरुद्ध सुरु भएको अभियानले नेपालमा भने प्रभाव देखाइरहेको छ। ‘मिटु अभियानबारे समाजमा बहस र छलफल हुनुपर्छ,’ उनले नागरिकसँग भने, ‘यो निकै संवेदनशील विषय भएकाले हिंसामा परेकाले बोल्ने आँट गर्नु आवश्यक रहेको छ। एकले अर्कालाई बाधा पु¥याउन हुन्न भन्ने अर्थमा यसलाई बुझ्नुपर्छ।’

नेपाल विविधतायुक्त समाज भएकाले सांस्कृतिक रूपले पनि पुरुष–महिलाबीच ‘छेडखानी’ को आफ्नै सौन्दर्य रहेको उनको तर्क छ। उनले कतिपय संस्कृतिमा त यो सामान्य विषयसमेत मानिने बताए। ‘सांस्कृतिक सौन्दर्य बुझेर अघि बढ्नु प्राकृतिक नै हो। राई–लिम्बू समुदायमा सोल्टी–सोल्टिनीबीच हुने कुराकानी पनि संस्कृति हो,’ उनी भन्छन्, ‘यही संस्कृतिलाई फाइदा उठाउने, सतही भएर हेर्ने र नक्कल गर्ने चाहिँ सीमा हुनुपर्छ।’ उनले राई–लिम्बू समुदायमा सोल्टी–सोल्टिनी छेडखानी गर्ने चलन भएको तर ‘सीमा नाघ्ने’ चलन नभएको पनि बताए।
पुरुष सधैं समाजको केन्द्रमा देखिएकाले उसले आफ्नो शक्तिको दुरुपयोग गरिरहेको अभिनेता राईको भनाइ छ। ‘नेपाली समाजमा पुरुषले महिलामाथि हिंसा गरिरहेको हुन्छ, अनेकन अर्थबाट, सदिऔंदेखिको मानसिकता भएको छ यो,’ उनी भन्छन्, ‘राई–लिम्बू समुदायमा चाहिँ अनुशासन छ। एकले अर्काेलाई बाधा गर्नुहुँदैन भन्ने छ।’

रोधीमा वा आफ्नो राई–लिम्बू संस्कृतिमा एक किसिमको सहमतिमा कुराकानीपछि माफी मागेर छुट्टिने चलन हुने उनी बताउँछन्। ‘नयाँ पाहुना आयो भने सुरुदेखि नै जिस्किरहने, माया–प्रेमका कुरा गर्ने तर साइनो–सम्बन्ध प¥यो भने माफी मागेर छुट्टिने चलन छ। साइनो परेन भने बाबु–आमासँग पनि कुरा गरेर मिल्ने हुन्छ,’ उनले भने, ‘त्यस्तो चाहिँ हुनुप¥यो।’ उनले पुरुषलाई आफूले के गर्दा हिंसा हुन्छ भन्ने थाहा हुनुपर्ने र महिलालाई पनि ‘मलाई पुरुषले यस्तो गरिरहेको छ, यो पनि हिंसा हो’ भन्ने जानकारी हुनुपर्ने बताए।
अभिनेता राईका अनुसार पुरुषले महिलालाई पछिल्लो समय दास बनाउन थालेको बताए। ‘महिलाले बारम्बार दमन र हिंसा सहेर बस्नु हुँदैन। बोल्दा वा जिस्किँदा असर परेको छ भने उहाँहरूले प्रतिक्रिया जनाउनुपर्छ,’ उनले भने, ‘पुरुष पनि हिंसा गरें कि भन्नेमा सधैं सजग हुनुपर्छ।’ मिटु अभियान अन्तर्गत हलिउड अभिनेत्री लेडी गागादेखि केटसम्मले दुव्र्यहारको विषयमा बोलेका थिए।







यसमा तपाईको मत

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad