coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

लघु उद्योग फस्टाउन ठूला उद्योगीको साथ चाहिन्छ

काठमाडौं- साना तथा लघु उद्योगको विकास गर्न ठूलास्तरका उद्यमीले साथ दिनुपर्ने सरोकारवालाले बताएका छन्। ठूला उद्योगीले साना उद्यमीको उत्पादनलाई बजारिकरण गरिदिए मात्र स्थानीयस्तरमा आर्थिक समृद्धि हुनसक्ने विज्ञहरूको भनाइ छ।

राष्ट्रिय लघु उद्यमी महासंघ नेपालले लघु उद्यमी र ठूला उद्यमीबीचको सम्बन्ध विषयक कार्यक्रममा नेपाल जस्तो विकासशिल देशमा आर्थिक विकास गर्न लघु उद्यम चाहिने र तिनीहरूको विकास गर्न ठूलास्तरका उद्योगीले सहयोग गर्नुपर्ने सरोकारवालाको भनाइ थियो। 'साना उद्योगीलाई ठूला उद्योगीले साहारा दिए भने आर्थिक वृद्धि गर्न सजिलो हुन्छ,' नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले भने, 'दुवै पक्षको सिधै सम्पर्क हुँदा साना उद्योगीलाई धेरै फाइदा पुग्छ।'

देशका लगभग हरेक ठाउँमा साना, लघु तथा घरेलु उद्योगले स्थानीय स्रोत साधन प्रयोग गरेर विभिन्न सामान उत्पादन गरिरहेका छन्। ती उत्पादनलाई बजारिकरण गर्न ठूला उद्योगको साहारा चाहिने सरोकारवालाको भनाइ छ। लघु उद्यमी र ठूला खरिदकर्ताबीचमा हुने बिचौलियालाई हटाउन सकेमा उघु उद्यमीले उपयुक्त मूल्य पाउने जोशीको भनाइ छ।

जोशीले उघु उद्यमीले गुणस्तरीय सामान उत्पादनमा जोड दिनुपर्ने बताए। ठूला उद्योगले आफ्नो ब्रान्डका लागि गुणस्तरीय उत्पादन खोज्ने भएकाले साना उद्योगीले त्यस्तो सामान दिन तयार हुनुपर्ने बताए। गुणस्तर जस्तै साना उद्योगीले परिणाममा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। 'गुणस्तर र परिणामको ग्यारेन्टी भयो भने व्यवसाय गर्न सकिन्छ,' जोशीले भने, 'एकपटक दिने तर अर्को पटक दिन चाहिए जति दिन नसक्ने हो भने व्यवसाय हुँदैन।'

कार्यक्रममा बोल्दै चौधरी फाउन्डेसनका निर्देशक निर्वाण चौधरीले लघु उद्यमी विकास गर्न आफूहरूले गरेका कार्यहरूको अनुभव सुनाएका थिए। चौधरी फाउन्डेसनको सक्रियतामा जुम्लामा साना तथा लघु उद्यमी विकास गर्न विभिन्न तालिम, नयाँ सोचको विकास र साना उद्योग स्थापना गर्न सहयोग गरेको बताए।

नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष रिता भण्डारीले देशभरमा साना, लघु तथा घरेलु उद्योगीले विभिन्न सामान उत्पादन गरिरहेको भए पनि त्यसको बजार र व्यवस्थापना हुन नसकेको बताइन्। 'साना उद्योगीले सबै क्षेत्रमा काम गरिरहका छन्,' भणडरीले भनिन्, 'त्यसलाई बजार र ठूला उद्यमीसम्म पुर्‍याउन सकिएको छैन।'

देशभरमा ठूलो जनसंख्या लघु उद्यममा लागेको र तिनीहरू धेरै उत्पादन गरिरहेको भए पनि अझै पनि केही समस्या रहेको भण्डारीले बताइन्। उनका अनुसार धेरै उघु उद्यमी दर्ता समेत भएका छैन। त्यस्तै, उनीहरूले उत्पादन गरेको सामानको लागत सहितको मूल्य निर्धारण गर्न नसकेको बताइन्। 'जिल्लामा उत्पादन भएका सामान काठमाडौंकै मूल्यमा बेच्न खोज्नु हुन्छ,' भण्डारीले भनिन्, 'जिल्लाबाट काठमाडौंसम्म आइपुग्दा कति लागत थपिन्छ भन्ने सोच्नु हुन्न।'

संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडिपी) कि गरिबी तथा समावेशी इकाइकी विश्लेषक निवना श्रेष्ठले ठूला उद्यमीले संस्थागत सामाजिक उत्तरदाहिŒव (सिएसआर)लाई लघु उद्यमीलाई सघाएको सम्झन नहुने बताइन्। 'उहाँहरू (ठूला उद्योगी)ले सिएसआर गरेका छौं भनेर हुदैन,' श्रेष्ठले भनिन्, 'लघु उद्यमीलाई सघाउनको लागि उनीहरूका उत्पादन खरिद्न दिनुपर्छ।'

उदाहरण दिदै श्रेष्ठले विश्व चर्चित वाइवाइ चाउचाउलेे नेपाली उद्यमी उत्पादन गरेको नुन, खुर्सानी प्रयोग गरेमात्र नेपाली लघु उद्यमीलाई सघाउ पुग्ने बताइन्। 'यसैगरी सबै ठूला उद्योगीले चाहिने सामान नेपाली उत्पादन प्रयोग गरे साना उद्यमीलाई मात्र होइन, अर्थतन्त्रमै सकारात्मक असर पर्नेछ।' उनले यदि साना तथा लघु उद्यमीमा मूल्य निर्धारणदेखि केही समस्या छन् भने आफूहरू सहजिकरण गर्न तयार रहेको बताइन् ।

कार्यक्रममा महासंघको तर्फबाट बोल्दै अध्यक्ष लाक्पा लामाले अन्य सबै क्षेत्रका नीति नियम भए पनि लघु उद्यमीको क्षेत्रमा नीति, ऐन नभएको बताए। 'नेपालमा प्रचुर मात्रामा स्रोत साधन छन्,' लामाले भने, 'तिनको प्रयोग गर्दै स्थानीयस्तरमा उत्पादन भइरहेका सामानलाई ठूला उद्योगले प्रयोग गरेर सघाउनु पर्छ।'

प्रकाशित: १३ मंसिर २०७३ ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App