८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सिरियाली शिविरबाट आइएसका आठसय आफन्त भागे

दमास्कस  – टर्कीले उत्तरपूर्वी सिरियामा हवाई आक्रमणलाई बढाएपछि सो क्षेत्रमा रहेका शिविरहरुमा लामो समयदेखि बस्दै आएका इस्लामिक स्टेट (आइएस)का सयौं आफन्तजन शिविरबाट भागेका छन्।

विगत केही दिनयता टर्कीले उक्त क्षेत्रमा हवाई आक्रमण गरिरहेको छ भने यसका कारण कम्तीमा २८ सिरियाली कुर्दिस सर्वसाधारणको मृत्यु भएको छ।

सिरियाली द्वन्द्वका कारण शिविरमा बस्दै आएका आइएसका आफन्तहरु टर्कीले चलाएको पछिल्लो कारबाहीपछि जीवन जोगाउनका लागि नै भागेका बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाहरुले जनाएका छन्।

यसैबीच फ्रान्सले शिविरबाट भागेका कुर्दका विदेशी आफन्त जिहादी रहेका र उनीहरूलाई शिविरबाट भाग्न बाध्य पारिएपछि हुन सक्ने गतिविधिप्रति टर्की जिम्मेवार हुने चेतावनी दिएको छ।

फ्रान्स सरकारका प्रवक्ता सिवेथ नादियले ‘फ्रान्स थ्री’ टेलिभिजबाट यस्तो चेतावनी जारी गर्दै उनले शिविरमा देखिएको भागाभागको स्थितिलाई तत्काल नियन्त्रणमा ल्याउनुपर्ने जिकिरसमेत गरेका छन्।

विगत चार दिनमा टर्कीले सिरियाली सिमानामा गरेको हवाई आक्रमणमा परी मृत्यु हुने सर्वसाधारणको संख्या २८ पुगेको र शनिबार कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएका छन्।

 

प्रकाशित: २७ आश्विन २०७६ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App