coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जापान क्वार्टरफाइनलमा

योकोहामा – आयोजक राष्ट्र जापानले जारी रग्बी विश्वकपमा एकपछि अर्को अपत्यारिलो जित निकाल्ने क्रममा स्कटल्यान्डलाई स्तब्ध बनाउँदै आइतबार क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

योकोहामामा भएको समूह ‘ए’ को अन्तिम खेलमा स्कटल्यान्डमाथि २८–२१ स्कोरले जित निकाल्दै जापान समूहविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो। दुई विंगर्स कोतारो मात्सुसिमा र केन्की फुकुओकाको उत्कृष्ट प्रदर्शन प्रेरित जापानमा रग्बी विश्वकपमा पहिलो पटक क्वार्टरफाइनलमा पुग्न सफल भयो।

जापानले सेमिफाइनलको यात्रा तय गर्न समूह ‘बी’ को उपविजेतासमेत रहेको दुई पटकको विश्व च्याम्पियन दक्षिण अफ्रिकाको सामना गर्नेछ।  यस समूहको चारै खेलमा सफलता प्राप्त गरेको जापानले अर्को हप्ता दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। यस समूहको उपविजेता आयरल्यान्डले भने समूह ‘बी’ को विजेता न्युजिल्यान्डसँग खेल्नेछ।

आइतबार ६७ हजार दर्शकको साथ पाएको जापानले इतिहास कायम गर्दै आँधीहुरीका कारण जीवन गुमाएकालाई समर्पित गरेको छ। दुई देशका प्रशिक्षक बीच भनाभन हुँदा पनि दुवै टोलीका खेलाडीले आँधीहुरी पीडितका लागि मौन बसेका थिए। शनिबार आधी हुरीका कारण करिब २६ मानिसको मृत्यु भएको अनुमान गरिएको छ।

दुवै टोलीका खेलाडीले पनि निकै शान्तिपूर्वक प्रदर्शन खराब ट्य्राकहरू गरेका थिएनन्। जापानका प्रशिक्षक जेमी जोसेफले आफ्नो टोलीले निकै उत्कृष्ट तयारी गरेकाले सफलता मिलेको बताए। ‘हाम्रो तयारी निकै राम्रो थियो। प्रत्येक हप्ता हाम्रा खेलाडीलेसमेत सुधार गर्दै आइरहेका छन्,’ जोसेफले भने, ‘आजको दिन पनि मेरा खेलाडीले सफलता प्राप्त गर्न पूर्णरूपमा आफ्नो प्रदर्शन देखाए।’

स्कटल्यान्डले खेलको सातौं मिनेटमा फिन रसेलले ट्राइसँगै कनभर्जन किकमा सफलता प्राप्त गर्दै अग्रता लिएको थियो। तर, कोतारो मात्सुसिमाले १७औं मिनेटमा ट्राइ गर्दै जापानलाई खेलमा फर्काए। सोही अवसरमा यु तामुराले कनभर्जन किकमा सफलता प्राप्त गर्दै जापानलाई ७–७ स्कोरको बराबरी पु¥याए। त्यसपछि भने पहिलो हाफमा जापान पूर्ण रूपमा हाबी हुँदा २१–७ को अग्रता बनायो।

पहिलो हाफमा केइता इनागाकी र केन्की फुकुओकालेले समान १÷१ ट्राइ गरे। दोस्रो हाफमा भने स्कटल्यान्ड हाबी भए पनि हार जोगाउन सकेन। जापानको डिफेन्सिभ रणनीतिका बावजुद स्कटल्यान्डले १४ स्कोर गरे पनि ७ स्कोर बेहोरेपछि हार बेहो¥यो। यससँगै जापानले स्कटल्यान्डसँग सन् २०१५ को विश्वकपमा बेहोरेको हारको बदलासमेत लियो।

आइतबार नै भएको समूह ‘डी’ को खेलमा उरुग्वेलाई ३५–१३ ले स्तब्ध बनाएको वेल्सले बोनस जितसँगै समूह ‘सी’ को उपविजेता फ्रान्ससँगको क्वार्टरफाइनल भेट पक्का ग¥यो। समूह ‘डी’ को उपविजेता अस्ट्रेलियाले भने समूह ‘सी’ को विजेता इङ्ल्यान्डसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २७ आश्विन २०७६ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App