भीषण आँधीपछि जापानमा दशौं हजार सुरक्षाकर्मीले यसरी गरे उद्धार

आइतबार, २६ असोज २०७६, २१ : ०७ नागरिक

जापान- कम्तीमा १८ जनाको ज्यान जानेगरि शनिवार शक्तिशाली आँधी आएपछि जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ। जापान सरकारले उक्त हगिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली भएको बताएको छ।

हगिबिस आँधीका कारण राजधानी टोक्योको दक्षिणी भेगमा आएको बाढीका कारण जमीन भासिँदै गएको छ। र बाढी समेत आएको बताइएको छ। जापानी समाचार संस्था एनएचकेका अनुसार आँधीका कारण हालसम्म कम्तीमा १३ जना हराइरहेका छन्।

नगानो प्रान्तस्थित जापानको चर्चित बुलेट रेललाई पानीले घेरेको छ भने अलपत्र परेका स्थानीयलाई हेलिकप्टरको सहायताले घरका छानाबाट उद्धार गरिएको छ।

सरकारले झण्डै सत्ताइस हजार सैनिक तथा अन्य कैयन् उद्धारकर्ताहरू पीडितलाई राहत पुर्‍याउन खटिएको जनाएको छ। टोकियाेको उत्तरतर्फ पर्ने कावागोयमा आपत्कालिन उद्दारकर्ताहरूले नर्सिङ होममा फसेका मानिसहरूको उद्धारका लागि डुङ्गाको प्रयोग गरेका छन्। करिब चारलाख घरहरूमा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ।

आँधी पुन: फर्किने त्रासका कारण रेल तथा हवाइ सेवाका उडानहरू समेत रद्द गरिएका छन्।आइतबार भने आँधी केही मत्थर भएको जनाइएको छ।

आँधीका कारण विश्वकप रग्वी खेल रद्द भएको छ तर जापान र स्कटल्याण्डबीचको एक महत्त्वपूर्ण खेल भने आइतवार हुँदैछ। गत महिनामा मात्रै अर्को आँधीका कारण जापानका तीसहजार भन्दा बढी घरहरू क्षतिग्रस्त भएका थिए र ती घरहरू हालसम्म पनि मर्मत गरिएका छैनन्। बीबीसी







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad