coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अर्घाखाँची र गुल्मीको सुरक्षा निकायबीच संयुक्त बैठक

अर्घाखाँची र गुल्मीको सुरक्षा निकायबीच संयुक्त बैठक । तस्बिरः नागरिक

अर्घाखाँची– अर्घाखाँची र गुल्मीको सुरक्षा निकायबीच संयुक्त बैठक बसेको छ। अर्घाखाँची जिल्ला सुरक्षा समिति र गुल्मी जिल्ला सुरक्षा समितिको दुई पक्षिय बैठकमा जिल्लाको सिमानामा हुने अपराधिक क्रियाकलाप बारे छलफल भएको छ। 

संयुक्त बैठकले अपराध नियन्त्रण र शान्ति सुरक्षामा मद्दत पुग्ने उद्देश्यसहित गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल तथा अन्य सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा बैठक बसेको हो।

दुबै जिल्लाका सिमामा हुन सक्ने सम्भावित अपराधिक क्रियाकलाप, संयुक्त सुरक्षा गस्ती, सवारी दुर्घटना न्युनिकरण, विपद व्यवस्थापन, जंगली जनावरको आक्रमण लगायतका विषयमा छलफल भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए। बैठकमा दुई पक्षीय सुचना आदान–प्रदान गर्दै शान्ति–सुरक्षा कायम गर्ने विषयमा योजना बनाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। संयुक्त बैठक उपलब्धी मुलक भएको र यसले सुरक्षाका सम्बन्धमा दुवै जिल्लालाई फाईदा पुग्ने अर्घाखाँची प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक प्रकाश विष्टको भनाई छ। समय समयमा बैठक बसेर ठोस योजना बनाईने जिल्ला सुरक्षा समितीबिच सहमती पनि भएको छ।

प्रकाशित: २६ आश्विन २०७६ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App